राप्रपा गण्डकीमा समानुपातिक सांसदमा चलखेल : पञ्चरामकाे ईन्ट्रीले पहाडी भित्रिदा खनिया आउट

गण्डकीकाे समानुपातिक सांसद चयनमा चलखेल हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद देखिएको छ ।

पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ भने प्रदेश अध्यक्ष पञ्चराम गुरुङको तस्बिरलाई तोडफोड गरी भुइँमा फ्याँकिएको छ ।

अघिल्लो निर्वाचनको तुलनामा यसपटक चार गुणा मत बढाएर प्रदेश समानुपातिकमा झन्डै ६० हजार मत पाउँदा राप्रपाले गण्डकीमा दुई सांसद पाएको छ ।

एउटामात्रै सांसद पाएको खण्डमा महिला र गण्डकीमा चाहिँ जनजाती क्लस्टर अगाडि भएकाले नवलपुरबाट सुशिलादेवी सापकोटा (थापा) सांसद बन्ने सम्भावना थियो । तर, गण्डकीमा राप्रपाले दुई सिट पाउँदा प्रदेश अध्यक्ष पञ्चराम गुरुङको ‘इन्ट्री’ भयो । जसले गर्दा सुशिलादेवी पनि बाहिइरिन् । उनको ठाउँमा विन्दु पहाडी भित्रिइन् । खस आर्यबाट महिलालाई राख्दा खस आर्यकै पुरुषतर्फको एक नम्बरमा रहेका गोविन्दराज खनिया पनि बाहिरिए ।

राप्रपामा विवाद हुनुको मुख्य कारण नै यही हो । एउटामात्र सिट पाउँदा जनजाती महिलातर्फबाट सांसद बन्ने भएपनि दुईवटा सिट पाउँदा चलखेल भयो ।

राप्रपाले समानुपातिक सांसदको सूची शनिबार अबेरमात्रै तय गरेको थियो । प्रतिनिधिसभा र अन्य ६ प्रदेशमा समानुपातिक सांसद बन्नेहरूको नाम टुंगिसक्दा पनि गण्डकी प्रदेशसभामा कसलाई पठाउने भन्ने विषयलाई लिएर उपाध्यक्ष र महामन्त्रीका बिचमा चर्काचर्की नै परेकाे थियाे ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist