लमजुङमा निर्वाचनको तयारी पूरा, मतगणना स्थलमा तारजाली र सीसीक्यामरा

लमजुङमा निर्वाचनके सबै तयारी पूरा भएकाे छ । मतदान केन्द्रमा कर्मचारी र सामाग्री पुग्नुकाे साथै मतदान स्थल बनाईएकाे छ । यता सदरमुकाम बेसीसहरमा मतपेटिका राख्ने र मतगणना स्थल तयार पारिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थल जिल्ला समन्वय समितिको सभाहलमा तयार पारेको छ।

सो स्थानमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सीसीटीभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए। 

मतपेटिका राख्नका लागि चारवटा कोठा तयार पारिएको छ। मतगणनास्थलमा दलका उम्मेदवार र प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ। मतदानस्थलमा हुने असुरक्षा र हुनसक्ने धाँधलीलगायतका काम रोक्न तारजाली र सीसीक्यामराबाट निगरानी गर्नुपरेको मुख्य निर्वाचन अधिकृत खनालले बताए।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मतपेटिका राख्ने र मतगणना हुने स्थानको सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए। ‘मतपेटिका राख्ने र मतगणना स्थलमा सुरक्षा चुनौती हुन्छ। मतगणना निकै संवेदनशील हुन्छ। मतपेटिकालाई सुरक्षित राख्नु हाम्रो कर्तव्य हो,’ प्रजिअ वैद्यले भने। 

सीसीक्यामरा जडानका लागि बेंसीसहर नगरपालिकाले ४ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। स्थानीय तह निर्वाचनमा पनि क्यामरा जडान गरिएको थियो। तारजाली सिँचाइ कार्यालयले सहयोग हो। 

२०७४ को स्थानीय तह चुनावमा भरतपुरमा मतपत्र च्यातेको घटनापछि आयोगले तारजालीको व्यवस्थापनमा मतगणना गर्दै आएको छ। सीसीक्यामरा मार्फत आयोगले सिधै मतगणना स्थलको निरिक्षण गर्न मिल्ने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत विश्वराज कुइँकेलले बताए। 

लमजुङका प्रत्येक निर्वाचन केन्द्रमा कर्मचारी र सामग्री पुगिसकेको छ भने राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि पनि सकिएको छ। बाहिर रहेका मतदाताहरु मत खसाल्न जिल्ला भित्रिने क्रम जारी छ। जिल्लामा १ लाख ३३ हजार ५ सय ५९ जना मतदाता रहेका छन्। 

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङसहित ११ जना चुनावी मैदानमा रहेका छन्।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist