गठबन्धनबाट लमजुङमा मै उमेदवार हुन्छु : महासचिव गुरूङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले  सत्ता गठबन्धनका तर्फबाट आफुँले लमजुङबाट प्रतिनिधिसभामा उमेदवारी दिने बताएका छन् ।

गठबन्धन र सहकार्यकै मोडेलमा चुनावमा जाने पाँच दलिय गठबन्धनले निश्चत गरेको उनले बताए । प्रेस सेन्टर नेपाल, लमजुङले शुक्रबार लमजुङ कृषि क्याम्पस सुन्दरबजारमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आपसमा सहकार्य गरी चुनावमा जाने आफ्नो पार्टीका साथै पाँच दलिय गठबन्धनले निश्चित गरिसकेको बताए ।

प्रत्यक्षतर्फका उम्मेदवारको सन्दर्भमा अधिकांश सीटमा सहमति जुटिसकेको उनले बताए । ‘शीर्ष नेताहरुले माइन्युट गरी सिग्नेचर गरिसकेको अवस्था त छैन,’ उनले भने, ‘तर कार्यदलको एक सदस्यको हैसियतले कार्यदलमा चलेको गृहकार्यका आधारमा एउटा मापदण्डका आधारमा प्रत्यक्षतर्फका ८० प्रतिशत भन्दा बेसी सीटमा सर्वसहमति देखिन्छ । खासै विमति देखिदैँन । केही १०/१५ प्रतिशत सीटमा नेताहरुबीचमा गृहकार्य गर्नुपर्ने, छलफल गर्नुपर्ने गिभ एण्ड टेक गर्नुपर्ने खालका कुरा बाँकी छन् ।’

लमजुङको हकमा अबको चुनावमा प्रतिनिधिसभातर्फ आफुलाई अघि बढ्न प्रस्ताव भएको र दुवै प्रदेश सभामा कांग्रेसका उम्मेदरवालाई अघि बढाउने पाँच दलको कार्यदल स्तरमा सहमति भएको महासचिव गुरुङले उल्लेख गरे।

जन्मथलो मनाङ भएतापनि आफ्नो कर्मथलो लमजुङ भएको र लमजुङले एउटा पार्टीका महासचिवको जिम्मेवारी पाएको उल्लेख गर्दै यो जिम्मेवार, अवसर समग्र जिल्लाको विकास र समृद्धिका लागि उपयोगी हुनसक्ने उनले बताए।

प्रेस सेन्टर नेपाल, लमजुङका अध्यक्ष रविन्द्र लामिछानेको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ, नेकपा माओवादी केन्द्रका केन्द्र, प्रदेशका साथै जिल्ला स्तरका नेताहरुको उपस्थिती रहेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist