लमजुङमा बढी भाडा लिने तीनवटा माइक्रो बस र एउटा मिनीबसलाई प्रहरीले कारबाही गरेको छ ।
काठमाडौंबाट वेसिशहरका लागि छुटेको तीनवटा माइक्रो बस र एउटा बसले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएपछि उनीहरुलाई १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
काठमाडौंबाट लमजुङसम्मको भाडा माइक्रोबसमा ७१० र मिनीबसमा ६५० रुपैयाँ तोकिएको छ । उनीहरुले एक जनासँग एक हजार रुपैयाँ लिएको पाएपछि कारबाहीको लागि यातायात शाखा लमजुङमा पठाएको र २ वटा माइक्रोबसलाई १० हजारका दरले राजीनामा गरेको र दुई वटा बस कारबाहीको प्रक्रियामा रहेको प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।
प्रहरीले बढी भाडा लिएको पाइए उजुरी गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ ।
यात्रुको गुनासोपछि प्रत्येक सवारी साधनलाई प्रदेश सवारी तथा यातायात व्यवस्था गर्न बनेको ऐनको दफा १९४ को उपदफा ३ बमोजिम जरिवाना गरिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । उक्त व्यवस्था अनुसार अधिकतम १० हजार रुपियाँ सम्म जरिवानाको व्यवस्था भएकाले सोही अनुसार कारबाही गरिएको प्रमुख सुमन गिरीले बताए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















