भारत उत्तर प्रदेशको नोएडामा नियम उल्लङ्घन गरी बनाइएको ३२ तले ट्विन टावर ढालिएकाे छ । नोएडास्थित सेक्टर-९३ मा बनेका दुई वटा गगनचुम्बी टावर ढालिएकाे हाे । २ अर्बभन्दा बढीको लागतमा बनेका दुई वटा टावर ढाल्न करिब २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । भारतमा पहिलोपल्ट यति अग्लो बिल्डिङ भत्काउन लागिएको हो ।
दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला छन्। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।
आइतबार दिउसो झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बिस्फोटका लागि बारूद राख्न भवनमा ९ हजार ६ सय ४२ वटा प्वाल बनाइएको थियो। बारूदमा आगो लागेको पाँच सेकेन्डमै दुबै टावर ध्वस्त भएको छ।
टावर ढालिएकाे भिडियाे हेर्नुहाेस्ः
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/