‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा कार्यान्वयन हुने गरी गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको हो ।

दोर्दी गाउँपालिकामै चुल्हो बालि स्थायी रूपमा बसोबास गरिरहेका सवै घरपरिवारको स्वास्थ्य बीमा गरिदिने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार दोर्दीमा सञ्चालित जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य बीमा गरिनेछ । यसका लागि ‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’ नारा तय गरिएको छ । दोर्दी गाउँपालिकामा हाल पाँचवटा आयोजनाबाट एकसय २६ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।

दोर्दी गाउँपालिकाभित्र चार हजार दुई सय २५ घरपरिवार रहेको र सवै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्न १ करोड ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले बताउनुभयो । सत्रौ गाउँ अधिवेशन सभामा प्रस्तुत बजेटमा निःशुल्क स्वास्थ्य बीमा गर्दा परिवारमा ५ जना भन्दा बढी सदस्य भएमा थप रकम उपलब्ध गराएर बीमा गराइदिने ब्यवस्था गरिएको छ ।

यस्तै, नागरिकता बनाउनको लागि वडा कार्यालयले दिने पहिलो सिफारिस निःशुल्क गरिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार यसअघिका वर्षमा पहिलोपटक नागरिकता बनाउन वडा कार्यालयमा आउने नागरिकले नागरिकता सिफारिसका लागि दुईसय रुपैयाँ दस्तुर तिर्नुपथ्र्याे। आगामी आर्थिक वर्षदेखि निःशुल्क गर्ने गरी अध्यक्ष अधिकारीले नीति तथा कार्यक्रममा प्रस्ताव प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत काफ्ले बताउनुभयो ।

अध्यक्ष अधिकारीले प्रस्तुत गरेको ८० बुँदे नीति तथा कार्यक्रममा उद्यमशील युवालाई छनौटको आधारमा गाउँपालिकाभित्रै व्यावसाय सञ्चालनको लागि शुन्य व्याजदरमा व्यावसाय कर्जा उपलब्ध गराउने उल्लेख छ । घरबास (होमस्टे) प्रवद्र्धनका लागि ‘एक वडा–एक छाक–एक रात’ अभियान सञ्चालन गरिने भएको छ ।

यस्तै, सार्वजनिक स्थलमा फलफूलका विरुवा रोप्ने परम्परागत विरासतलाई जीवित राख्न कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले अकबरे खुर्सानी र कफी खेतीलाई प्राथामिकतामा राखी व्यवसायिक उत्पादनमा जोड्न बजेट सुनिश्चित गरेको प्रमुख प्रशासकीय अधिकृत काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपन्न नागरिकलाई चक्रीय अनुदानमार्फत गरिवी निवारण गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । लामो समयदेखि बाँझो रहेका जग्गा खनजोत गरी बाली लगाउने कृषकलाई अनुदानको व्यवस्थापन गरिने भएको छ । यस्तै, सडक सुरक्षा र समाज सुरक्षालाई मध्यनजर राखेर सीसीटीभी र सडकबत्ती जडान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । उच्च गुणस्तरीय काम निर्धारित समयमै सक्ने उपभोक्ता समिति, निर्माण व्यवासायीलाई पुरस्कृत गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने र गाउँपालिकाबाट सम्पादित कामहरुको त्रैमासिक स्वतः प्रकाशनलाई निरन्तरता दिँदै सूचनाको हकको कार्यान्वयनलाई दृढताका साथ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, नीति तथा कार्यक्रममा २०८३ असारभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने गरी बजेट सुनिश्चित गर्ने उल्लेख छ ।

गाउँसभामा उपाध्यक्ष घलेले ५७ करोड ६० लाख १६ हजार ७ सय २८ रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको थियो । यसमा संघीय सशर्त अनुदान चालुतर्फ २५ करोड ८५ लाख वित्तिय हस्तान्तरणबाट प्राप्त भएको गाउँपालिकाले जनाएको छ । प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि असार १० गते छलफल हुने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist