‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा कार्यान्वयन हुने गरी गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको हो ।

दोर्दी गाउँपालिकामै चुल्हो बालि स्थायी रूपमा बसोबास गरिरहेका सवै घरपरिवारको स्वास्थ्य बीमा गरिदिने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार दोर्दीमा सञ्चालित जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य बीमा गरिनेछ । यसका लागि ‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’ नारा तय गरिएको छ । दोर्दी गाउँपालिकामा हाल पाँचवटा आयोजनाबाट एकसय २६ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।

दोर्दी गाउँपालिकाभित्र चार हजार दुई सय २५ घरपरिवार रहेको र सवै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्न १ करोड ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले बताउनुभयो । सत्रौ गाउँ अधिवेशन सभामा प्रस्तुत बजेटमा निःशुल्क स्वास्थ्य बीमा गर्दा परिवारमा ५ जना भन्दा बढी सदस्य भएमा थप रकम उपलब्ध गराएर बीमा गराइदिने ब्यवस्था गरिएको छ ।

यस्तै, नागरिकता बनाउनको लागि वडा कार्यालयले दिने पहिलो सिफारिस निःशुल्क गरिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार यसअघिका वर्षमा पहिलोपटक नागरिकता बनाउन वडा कार्यालयमा आउने नागरिकले नागरिकता सिफारिसका लागि दुईसय रुपैयाँ दस्तुर तिर्नुपथ्र्याे। आगामी आर्थिक वर्षदेखि निःशुल्क गर्ने गरी अध्यक्ष अधिकारीले नीति तथा कार्यक्रममा प्रस्ताव प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत काफ्ले बताउनुभयो ।

अध्यक्ष अधिकारीले प्रस्तुत गरेको ८० बुँदे नीति तथा कार्यक्रममा उद्यमशील युवालाई छनौटको आधारमा गाउँपालिकाभित्रै व्यावसाय सञ्चालनको लागि शुन्य व्याजदरमा व्यावसाय कर्जा उपलब्ध गराउने उल्लेख छ । घरबास (होमस्टे) प्रवद्र्धनका लागि ‘एक वडा–एक छाक–एक रात’ अभियान सञ्चालन गरिने भएको छ ।

यस्तै, सार्वजनिक स्थलमा फलफूलका विरुवा रोप्ने परम्परागत विरासतलाई जीवित राख्न कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले अकबरे खुर्सानी र कफी खेतीलाई प्राथामिकतामा राखी व्यवसायिक उत्पादनमा जोड्न बजेट सुनिश्चित गरेको प्रमुख प्रशासकीय अधिकृत काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपन्न नागरिकलाई चक्रीय अनुदानमार्फत गरिवी निवारण गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । लामो समयदेखि बाँझो रहेका जग्गा खनजोत गरी बाली लगाउने कृषकलाई अनुदानको व्यवस्थापन गरिने भएको छ । यस्तै, सडक सुरक्षा र समाज सुरक्षालाई मध्यनजर राखेर सीसीटीभी र सडकबत्ती जडान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । उच्च गुणस्तरीय काम निर्धारित समयमै सक्ने उपभोक्ता समिति, निर्माण व्यवासायीलाई पुरस्कृत गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने र गाउँपालिकाबाट सम्पादित कामहरुको त्रैमासिक स्वतः प्रकाशनलाई निरन्तरता दिँदै सूचनाको हकको कार्यान्वयनलाई दृढताका साथ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, नीति तथा कार्यक्रममा २०८३ असारभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने गरी बजेट सुनिश्चित गर्ने उल्लेख छ ।

गाउँसभामा उपाध्यक्ष घलेले ५७ करोड ६० लाख १६ हजार ७ सय २८ रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको थियो । यसमा संघीय सशर्त अनुदान चालुतर्फ २५ करोड ८५ लाख वित्तिय हस्तान्तरणबाट प्राप्त भएको गाउँपालिकाले जनाएको छ । प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि असार १० गते छलफल हुने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist