लमजुङ । लमजुङको बेसीशहर नगरपालिका वडा नं. १ उदिपुरमा सोमबार विहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी बेसीशहर–१ उदिपुर ढाडगाउँ बस्ने बर्ष ३१ का ट्याक्टर चालक अहिर परियारको मृत्यु भएको हो ।
उदिपुर बजारबाट रिठेबगरतर्फ जाँदै गर्दा प्रदेश ०२०३–००१ त.५४३० नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरिक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो । प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल बेसीशहर लमजुङमा राखिएको छ ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/