लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

 

लमजुङ । लमजुङका आठवटा स्थानीय तहमा मस्र्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसावको महालेखा परीक्षकको कार्यालयले गरेको परीक्षणमा मस्र्याङ्दी गाउँपालिकाको बेरुजु सुन्य दशमलब ६३ प्रतिशत मात्र देखिएको छ ।

सो पालिकाको एक अर्व २५ करोड ५७ लाख ७ हजार रुपियाँ बजेटको लेखा परीक्षण गर्दा ७९ लाख ७२ हजार बेरुजु देखिएको छ । बेरुजुलाई सुन्यमा झार्ने गरि काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले बताउनुभयो ।

यस्तै दोर्दी गाउँपालिकाको सुन्य दशमलब ९० प्रतिशत, राइनास नगरपालिकाको एक दशमलव २८, बेसीसहर नगरपालिकाको एक दशमलब ३४, सुन्दरबजार नगरपालिकाको एक दशमलव ८५ प्रतिशत बेरुजु देखिएको छ । यसैगरी मध्यनेपाल नगरपालिकाको दुई दशमलव ३८, क्व्होँलासोथार गाउँपालिकाको दुई दशमलव ७२ र दुधपोखरी गाउँपालिकाको तीन दशमलव ९० प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार दोर्दी गाउँपालिकाको १ अर्व २३ करोड ९९ लाख दुई हजार रुपियाको रुजु गर्दा एक करोड ११ लाख ३९ हजार रुपियाँ बेरुजु देखिएको छ । राइनास नगरपालिकाको १ अर्व २३ करोड ३८ लाख तीन हजार रुपियाँ हिसावको रुजु गर्दा एक करोड ५७ लाख ३८ हजार बेरुजु देखिएको छ । बेसीसहर नगरपालिकाको १ अर्व ७७ करोड १६ लाख नौ हजार रुपियाँको रुजु गर्दा दुई करोड ३६ लाख ९१ हजार, सुन्दरबजार नगरपालिकाको १ अर्ब ५३ करोड ३३ लाख आठ हजार रुपियाँको हिसाव रुजु गर्दा दुई करोड ८३ लाख ८४ हजार रुपियाँ बेरुजु देखिएको छ ।

यसैगरी मध्यनेपाल नगरपालिकाको १ अर्व ४२ करोड तीन लाख नौ हजार रुपियाँको रुजु गर्दा तीन करोड ३३ लाख ४६ हजार रुपियाँ बेरुजु देखिएको छ । क्व्होँलासोथार गाउँपालिकाको ७५ करोड एक लाख ११ हजार रुपियाँको परीक्षण गर्दा दुई करोड चार लाख ३६ हजार रुपियाँ बेरुजु देखिएको छ । दुधपोखरी गाउँपालिकाको ८१ करोड ५ लाख ४७ हजार रुपियाँको परीक्षण गर्दा तीन करोड १६ लाख १५ हजार रुपियाँ बेरुजु हिसाव देखिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।

लमजुङमा आर्थिक वर्ष २०७८÷०७९ मा २२ करोड ५ लाख ५७ हजार रुपैयाँ, आर्थिक वर्ष २०७७÷७८ मा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ र आर्थिक वर्ष २०७६÷०७७ मा २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

+ posts

ताजा खबर

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष...

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist