लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

 

लमजुङ । लमजुङका आठवटा स्थानीय तहमा मस्र्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसावको महालेखा परीक्षकको कार्यालयले गरेको परीक्षणमा मस्र्याङ्दी गाउँपालिकाको बेरुजु सुन्य दशमलब ६३ प्रतिशत मात्र देखिएको छ ।

सो पालिकाको एक अर्व २५ करोड ५७ लाख ७ हजार रुपियाँ बजेटको लेखा परीक्षण गर्दा ७९ लाख ७२ हजार बेरुजु देखिएको छ । बेरुजुलाई सुन्यमा झार्ने गरि काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले बताउनुभयो ।

यस्तै दोर्दी गाउँपालिकाको सुन्य दशमलब ९० प्रतिशत, राइनास नगरपालिकाको एक दशमलव २८, बेसीसहर नगरपालिकाको एक दशमलब ३४, सुन्दरबजार नगरपालिकाको एक दशमलव ८५ प्रतिशत बेरुजु देखिएको छ । यसैगरी मध्यनेपाल नगरपालिकाको दुई दशमलव ३८, क्व्होँलासोथार गाउँपालिकाको दुई दशमलव ७२ र दुधपोखरी गाउँपालिकाको तीन दशमलव ९० प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार दोर्दी गाउँपालिकाको १ अर्व २३ करोड ९९ लाख दुई हजार रुपियाको रुजु गर्दा एक करोड ११ लाख ३९ हजार रुपियाँ बेरुजु देखिएको छ । राइनास नगरपालिकाको १ अर्व २३ करोड ३८ लाख तीन हजार रुपियाँ हिसावको रुजु गर्दा एक करोड ५७ लाख ३८ हजार बेरुजु देखिएको छ । बेसीसहर नगरपालिकाको १ अर्व ७७ करोड १६ लाख नौ हजार रुपियाँको रुजु गर्दा दुई करोड ३६ लाख ९१ हजार, सुन्दरबजार नगरपालिकाको १ अर्ब ५३ करोड ३३ लाख आठ हजार रुपियाँको हिसाव रुजु गर्दा दुई करोड ८३ लाख ८४ हजार रुपियाँ बेरुजु देखिएको छ ।

यसैगरी मध्यनेपाल नगरपालिकाको १ अर्व ४२ करोड तीन लाख नौ हजार रुपियाँको रुजु गर्दा तीन करोड ३३ लाख ४६ हजार रुपियाँ बेरुजु देखिएको छ । क्व्होँलासोथार गाउँपालिकाको ७५ करोड एक लाख ११ हजार रुपियाँको परीक्षण गर्दा दुई करोड चार लाख ३६ हजार रुपियाँ बेरुजु देखिएको छ । दुधपोखरी गाउँपालिकाको ८१ करोड ५ लाख ४७ हजार रुपियाँको परीक्षण गर्दा तीन करोड १६ लाख १५ हजार रुपियाँ बेरुजु हिसाव देखिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।

लमजुङमा आर्थिक वर्ष २०७८÷०७९ मा २२ करोड ५ लाख ५७ हजार रुपैयाँ, आर्थिक वर्ष २०७७÷७८ मा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ र आर्थिक वर्ष २०७६÷०७७ मा २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist