लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा गठन भएको मर्स्याङ्दी ग्रुपको पहिलो भेलाले जलविद्युत कम्पनी संचालक समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार भएको “मर्स्याङ्दी ग्रुप“ को शेयर सदस्यहरुको पहिलो भेलाले मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड बनाउनको लागि संचालक समिति निर्माण गरेको हो ।
कम्पनी संचालक समितिको अध्यक्षमा संविधानका सभाका सदस्य जमिन्द्रमान घले र सदस्यहरुमा वडा नम्बर २ का अध्यक्ष चेतबहादुर गुरुङ, ब्यवसायी मनिप्रसाद गुरुङ, पुर्णबहादुर गुरुङ र टीकाराम भन्डारीलाई चयन गरिएको छ । जलविद्युत कम्पनीको सल्लाहकारमा राप्रपाका उपाध्यक्ष हेमजङ गुरुङ, पुर्व डिआईजी बमबहादुर भन्डारी र ईन्जिनियर चन्द्रलाल गुरुङ रहेका छन।
साे कम्पनीले घनपाेखरामा रहेकाे किचेखाेलामा १ मेगावाटकाे जलविद्युत आयाेजना निर्माण गर्ने लक्ष्य लिएकाे छ । सञ्चालक समितिका अध्यक्ष जमीन्द्रमान घलेले सम्बृद्व गाउँपालिका बनाउन याे ग्रुपसंग याेजनाहरू रहेकाे बताए ।
राप्रपा उपाध्यक्ष हेमजंग गुरूङले मर्स्याङ्दीबासी सबै एकजुट र सकरात्मक भएर अघि बढेमा गाउँपालिकालाई सम्बृद्व बनाउनुकाे साथै राेजगारीकाे सृजना गर्न सकिने बताए ।
ग्रुपका संयाेजक एवं पालिका अध्यक्ष अर्जुन गुरूङले ग्रुपबाट हुने काम सबै पारदर्शी र विश्वसनीय बनाउने बताए । स-साना पुँजीलाई एकीकृत गरेर ठुलाे पुँजी बनाउने र लगानी गरि राेजगारीकाे सृजना गर्ने ग्रुपकाे उदेश्य रहेकाे उनले बताए ।
ग्रुपले पहिलाे याेजना जलविद्युत आयाेजना छनाैट गरेकाे छ, भने दाेस्राे प्राथमिकतामा पेट्राेलपम्प रहेकाे छ ।
यस्तै पालिका भित्रको प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न कंक्रिट सामाग्री तथा क्रसर उद्योग, प्लाईउडको कच्चापदार्थ उद्योग, जडिबुटी प्रशाेधन, पर्यटन रिसाेर्ट, गुन्द्रुक, अचार उद्योगहरु स्थापना गर्ने ग्रुपको लक्ष्य रहेकाे छ ।
मर्स्याङ्दी गाउँपालिका हरेक कुरामा प्रर्याप्त सम्भावना भएको पालिका भएकाले पालिकालाई सम्बृद्धि बनाउन यस्ता कार्यक्रमको सुरुवात गर्ने र त्यसलाई निरन्तरता दिने पालिका प्रमुख गुरुङको भनाई छ ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष तथा मर्स्याङ्दी ग्रुपको समन्वय समितिको संयोजक अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले, रा.प्र.पा. केन्द्रिय उपाध्यक्ष हेमजङ्ग गुरुङ, ब्यवसायी मनिप्रसाद गुरूङ, ईन्जिनियर चन्द्रलाल गुरूङ, पुर्व वडाअध्यक्ष युवा घलेले मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन सदस्यसचिव नन्दराज गुरूङले गरेका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















