नेपाली सेफ सन्तोष साह पुगे बीबीसी मास्टर सेफ प्रतियोगितामा उत्कृष्ट ४ मा

विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ४ भित्र पर्न सफल भएका छन् । मंगलबार राति ‘बीबीसी वान’ मा प्रसारित फाइनल राउण्डको पहिलो चरणबाट अघि बढ्दै उनी उत्कृष्ट ४ मा पुगेका हुन् ।

छ जनाबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा दुई जना बाहिरिएसँगै सन्तोषसहित चार जना फाइनल राउन्डको लागि छानिएका हुन् । उनले यो चरणमा डिजर्टको रुपमा कोदोको खिर बनाएका थिए । यस्तै उनले आँपको कुल्फी र आँपको ‘अमौरा’ पनि बनाएर निर्णयकलाई पस्किएका थिए । त्यस्तै, निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेका थिए । उनले हरेक चरणमा नेपाली परिकार बनाउँदै आएका छन् ।

‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल यही आउँदो बिहीबार बेलुका प्रसारण हुँदैछ । फाइनल राउण्ड अगाडि बुधबार साँझ बेलुका हुने अर्को चरणको प्रतिस्पर्धाबाट तीन जना फाइनालिस्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिनेछन् ।

‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल यही आउँदो बिहीबार बेलुका प्रसारण हुँदैछ । फाइनल राउण्ड अगाडि बुधबार साँझ बेलुका हुने अर्को चरणको प्रतिस्पर्धाबाट तीन जना फाइनालिस्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिनेछन् ।

यसअघिका प्रतियोगितामा सन्तोषले टिमुर स्पाइस्ड् अ’क्ट्प’स विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भे’डाको मा’सु, ख’सीको मा’सुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पो’लेको मा’छा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन् ।

सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हिमाली भेगमा प्रचलित शाकाहारी खाना भुटेको काँक्रोको बियाँ, बन तरुल, कटहरको भुटेको बियां, प्याजको अचार, स्याउको चट्नीजस्ता परिकार पकाएका थिए । जसलाई निर्णायकले निकै मन पराए ।

नेपाली खानालाई नेपालीले नै ‘अविश्वास र हेलाँ’ गरेको उनको गुनासो छ । नेपाली खानाले संसारभरि तहल्का मच्चाउन सक्ने सम्भावना आँफूले देखेको उनको भनाइ छ । नेपाली खानाहरु प्रस्तुत गरेपछि मास्टरसेफका निर्णायकहरुले आँफूले कहिल्यै यस्ता खाना नखाएको भन्दै सन्तोषको प्रशंसा गर्ने गरेका छन् ।

करिब दुई दशक भारतीय कुजिनमा काम गरे पनि अहिले नेपाली खानालाई विश्वसामू पुर्याउने लक्ष्य लिएर उनी अघि बढेका छन् । नेपाली खाना ओझेलमा परेको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अभियान थालेका हुन् ।

पूर्वी तराईको सिरहा कर्जन्हवामा जन्मिएका सन्तोष पारिवारिक एवम् आर्थिक अवस्थाका कारण सानै उमेरमा रोजगारी खोज्दै भारत हुँदै हाल विगत एक दशकदेखि बेलायतमा बस्दै आएका छन् । सन्तोष आफ्नो मिहिनेत, परिश्रम र लगनशीलताका कारण भारतको पाँचतारे होटलदेखि लन्डनको मिसेलिन स्टार सेफद्वारा संचालित रेष्टुरेन्टसम्म पुग्न सफल भएका छन् ।

नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेर उनी अघि बढेका छन् । ‘मिसिलिन स्टार’ भनेको विश्वका गुणस्तरीय र राम्रो खानेकुराको उत्कृष्ट सेवा पुर्याउने रेष्टुरेन्टलाई दिइने विशेष सम्मान तथा पहिचान हो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist