तलबी प्रतिवेदन नै तयार नगरी लमजुङका ३ सहित १६९ पालिकाले खुवाए शिक्षकलाई तलब



लमजुङ । लमजुङका ३ सहित देशभरका १६९ पालिकाहरूले तलबी प्रतिवेदन नै तयार नगरी शिक्षकलाई तलब भत्ता खुवाएको पाइएको छ । राष्ट्रिय कितावखाना (शिक्षक)का अनुसार १६९ पालिकाले तलबी प्रतिवेदन तयार नै नगरी शिक्षकहरूलाई तलब भत्ता खुवाएका हुन् ।

कितावखानाले त्यस्ता पालिकाहरूलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । त्यस्ता पालिकाहरूको नाम नामावली समेत मन्त्रालयलाई पठाएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका, क्व्हाेंलासाेंथर र दुधपाेखरी गाउँपालिकाले तलबी प्रतिवेदन स्वकृत नगरी तलब खुवाएकाे हाे ।

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अन्तर्गत शिक्षकहरूको वार्षिक तलबी विवरण पारित गर्ने गराउने व्यवस्था छ । उक्त नियमअनुसार प्रत्येक पालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको तलबी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक) बाट पारित गरी तलब भत्ता भुक्तानी गर्ने हुन्छ । तर, ती पालिकाहरूले प्रतिवेदन नै तयार नपारी तलब भत्ता खुवाएको भन्दै उनीहरूलाई कारबाही गर्न माग गरेको छ ।

ती पालिकाहरूलाई प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीका लागि मन्त्रालयलाई लेखी पठाइएको कामु (उप–महानिर्देशक) रामराज खकुरेलले बताए । यसको जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महालेखापरीक्षकको कार्यालयलाई समेत गराइएको छ । 

शिक्षक तलब स्वीकृत नगरि तलब खुवाउने लमजुङका पालिका राताे घेरामा ।
लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist