लमजुङ । लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन् । विहिबार विहान साँढे १ बजे कारागारकाे पर्खाल नाघेर कैदीबन्दी फरार भएका हुन् ।
फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गाेरखाकाे चुम्नुव्री गाउँपालिका वडा नं. ३ घट्टेखाेला घर भई पाेखरा महानगरपालिका- १६ बस्ने ३७ वर्ष का चन्द्र बहादुर गुरूङ रहेका छन् ।
बेसीसहर नगरपालिका वडा नं. ८ शेरामा रहेकाे कारागारबाट फरार भएका कैदीबन्दीकाे खाेजीकार्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी ) प्रकाश श्रीमलकाे कमाण्डमा प्रहरी खटिएका छन् ।
विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
रातकाे समयमा पर्खाल नागेर भागेका कैदीबन्दीकाे खाेजीकार्य तिव्र बनाईएकाे सुचना अधिकारी प्रहरी निरिक्षक जगदीश रेग्मीले जानकारी दिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















