प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गरेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्।
जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन्।
सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्री बनाएका छन्। नयाँ दलका रूपका आएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले मात्र होइन पुराना दलहरूले पनि नयाँलाई अवसर दिएका छन्।
अहिले प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलो पटक मन्त्रालयको काम सम्हाल्ने अवसर पाएका हुन्।
प्रधानमन्त्री प्रचण्डको नयाँ टिम
प्रधानमन्त्रीः
–पुष्पकमल दाहाल प्रचण्ड
उपप्रधानमन्त्रीहरूः
–विष्णु पौडेल, अर्थमन्त्री
–नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री
–रवि लामिछाने, गृहमन्त्री
–राजेन्द्र लिङ्देन, ऊर्जामन्त्री
मन्त्रीहरूः
–ज्वालाकुमारी साह, कृषिमन्त्री
–दामोदर भण्डारी, उद्योगमन्त्री
–राजेन्द्रकुमार राई, भूमि, व्यवस्था तथा सहकारी मन्त्री
–अब्दुुल खान,
–विमला राई पौडेल, परराष्ट्रमन्त्री
–पदम गिरी, स्वास्थ्यमन्त्री
–भगवती चौधरी, महिला बालबालिका मन्त्री
–हरि उप्रेती, रक्षा मन्त्री
–रेखा शर्मा, सञ्चारमन्त्री
–सुदन किराती, संस्कृतिमन्त्री
–अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री
–सुशिला श्रीपाली, पर्यटन राज्यमन्त्री
–डोलप्रसाद अर्याल, श्रममन्त्री
–शिशिर खनाल, शिक्षामन्त्री
–तोसिमा कार्की, स्वास्थ्यमन्त्री
–ध्रुवबहादुर प्रधान, कानुनमन्त्री
–विक्रम पाण्डे, सहरी विकासमन्त्री
–दीपक सिंह, ऊर्जा राज्यमन्त्री
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















