लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ८ भुलभुलेमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग ३ च ८३६१ नम्बरको बोलेरो जिप भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा अन्दाजी ४५ बर्षीय भीवकाशी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उकालोमा चढ्ने क्रममा अन्दाजी ६ मिटर तल खस्न जाँदा महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार २ जना गम्भीर र ६ जना मध्यम घाइते भएका छन् ।
घाईते मध्ये ५ जनाकाे सिएमसि अस्पताल चितवन र ३ जनाकाे लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















