गण्डकीकाे समानुपातिक सांसद चयनमा चलखेल हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद देखिएको छ ।
पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ भने प्रदेश अध्यक्ष पञ्चराम गुरुङको तस्बिरलाई तोडफोड गरी भुइँमा फ्याँकिएको छ ।
अघिल्लो निर्वाचनको तुलनामा यसपटक चार गुणा मत बढाएर प्रदेश समानुपातिकमा झन्डै ६० हजार मत पाउँदा राप्रपाले गण्डकीमा दुई सांसद पाएको छ ।
एउटामात्रै सांसद पाएको खण्डमा महिला र गण्डकीमा चाहिँ जनजाती क्लस्टर अगाडि भएकाले नवलपुरबाट सुशिलादेवी सापकोटा (थापा) सांसद बन्ने सम्भावना थियो । तर, गण्डकीमा राप्रपाले दुई सिट पाउँदा प्रदेश अध्यक्ष पञ्चराम गुरुङको ‘इन्ट्री’ भयो । जसले गर्दा सुशिलादेवी पनि बाहिइरिन् । उनको ठाउँमा विन्दु पहाडी भित्रिइन् । खस आर्यबाट महिलालाई राख्दा खस आर्यकै पुरुषतर्फको एक नम्बरमा रहेका गोविन्दराज खनिया पनि बाहिरिए ।
राप्रपामा विवाद हुनुको मुख्य कारण नै यही हो । एउटामात्र सिट पाउँदा जनजाती महिलातर्फबाट सांसद बन्ने भएपनि दुईवटा सिट पाउँदा चलखेल भयो ।
राप्रपाले समानुपातिक सांसदको सूची शनिबार अबेरमात्रै तय गरेको थियो । प्रतिनिधिसभा र अन्य ६ प्रदेशमा समानुपातिक सांसद बन्नेहरूको नाम टुंगिसक्दा पनि गण्डकी प्रदेशसभामा कसलाई पठाउने भन्ने विषयलाई लिएर उपाध्यक्ष र महामन्त्रीका बिचमा चर्काचर्की नै परेकाे थियाे ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















