लमजुङमा रहेका सत्ता गठबन्धन दलले मर्स्याङ्दी गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस पालिका समितिका सभापति कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवार, नेता, कार्यकर्ताको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा ‘क’ का उम्मेदवार डा. टकराज गुरुङले लमजुङको समृद्धि र विकासका लागि गठबन्धन दललाई बिजयी गराउन अनुरोध गरे । विकासका योजना गठबन्धन दलसंग भएकाले बिजयी गराउन उनकाे अनुरोध थियाे । कृषि, पर्यटन, जलविद्युतको विकास गरी नागरिकको जीवनस्तर उकास्नतर्फ लाग्ने उनले बताए।
यस्तै, सुन्दरबजार नगरपालिकामा पालिका समितिका सभापति प्रकाश सेढाइँको अध्यक्षतामा नेपाली कांग्रेसको मात्रै भेला भएको छ । सभामा प्रदेश सभा ‘ख’ का उम्मेदवार भेषबहादुर पौडेल, अन्य नेताको उपस्थिति थियो । पौडेलले इतिहास विग्रेको अवस्थामा इतिहास बनाउने जिम्मेवारी अब गठबन्धनका उम्मेदवारको रहेको बताए । इतिहासलाई ट्रयाकमा ल्याउन जित हुनुपर्ने र जनताले गठबन्धन दलको पक्षमा मतदान गर्नुपर्ने बताए । जिल्लाको विकासका लागि बिजयी गराउन अनुरोध गरे ।
उनले गठबन्धनका उम्मेदवार प्रतिनिधि सभामा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, प्रदेश सभा ‘क’ मा कांग्रेसका टकराज गुरुङ र प्रदेश सभा ‘ख’ मा आफूलाई बिजयी गराउन अनुरोध गरे।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















