लमजुङबाट पुन: मुख्यमन्त्री बन्ने सम्भावना छ : पृथ्वीसुब्बा गुरूङ

लमजुङ । नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले गण्डकी प्रदेशमा लमजुङबाट पुन: मुख्यमन्त्री बन्ने सम्भावना रहेकाे बताएका छन् ।

नेकपा एमाले लमजुङले साेमबार बेसीसहरमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता गुरुङले यस्ताे दावी गरेका हुन् ।

मंसिर ४ गते हुन लागेकाे निर्वाचनमा गण्डकीमा एमालेकाे एकल बहुमत आउने र त्यसाे भएमा लमजुङबाट पार्टीका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्यसमेत रहेका जमीन्द्रमान घले मुख्यमन्त्री बन्न सक्ने सम्भावना रहेकाे उनकाे आसय थियाे ।

पृथ्वीसुब्बा आफैले प्रदेशसभामा उठेर पुन: मुख्यमन्त्री बन्ने ईच्छा देखाएका थिए । तर, उनलाइ संघमा लगेर संगठन विभाग प्रमुख खगराज गुरूङलाई मुख्यमन्त्री बनाउनेगरी प्रदेश उम्मेद्वार बनाईएकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले गण्डकी प्रदेश अन्तर्गत बहुमत सिटमा नेकपा एमालेको जित हुने र एकल बहुमतको सरकार बन्ने प्रवल सम्भावना रहेको उल्लेख गरे । प्रदेश सभाका लागि लमजुङ निर्वाचन क्षेत्र क बाट उम्मेदारी दिएका नेता जमिन्द्रमान घलेलाई इंगीत गर्दै प्रदेशको मुख्यमन्त्री लमजुङले पाउनसक्ने उनले संकेत गरे। 

पार्टीको केन्द्रीय सदस्य र यसअघि संविधान सभा सदस्य भईसकेको व्यक्ती प्रदेश सभामा निर्वाचित भएमा मुुख्यमन्त्री वा कुनै विशेष जिम्मेबारी पाउनेमा कुनै शंका नरहेको नेता गुरुङको भनाई थियो । 

उनले आँफु प्रतिनिधी सभामा निर्वाचित भएमा र एमालेको सरकार बनेको खण्डमा आँफुले पनि महत्वपुर्ण जिम्मेबारी पाउने विश्वास व्यक्त गरे। 

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य एव गण्डकी सह इन्चार्ज मायानाथ अधिकारी, केन्द्रिय सदस्य एवं प्रदेश सभाका लागि निर्वाचन क्षेत्र क का उम्मेदार जमिन्द्रमान घले लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता द्धयले मुलुकको दिगो विकास र समृद्धिका लागि आगामी निर्वाचनमा नेकपा एमालेलाई जिताउनुपर्नेमा जोड दिएका थिए । 

एमाले जिल्ला कमिटी लमजुङका अध्यक्ष एवं प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट उम्मेदार कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष यशोदा रिमालले स्वागत मन्तव्य राखेकी थिईन भने सचिव सुवास पौडेलले सहजिकरण गरेका थिए । 

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य एवं जिल्ला सह इन्चार्ज टुका हमाल, केन्द्रिय कार्यालय सचिव डा. भिष्म अधिकारी, नेकपा एमाले गण्डकी प्रदेश कमिटी महासचिव धनञ्जय दवाडी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist