गण्डकीमा एक वर्षमा १११८ भ्रष्टाचारका उजुरी


पोखरा । यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल लगायत ९ जनाविरुद्ध गत चैतमा विशेष अदालतमा आरोप पत्र दायर भयो । सवारी चालक अनुमति पत्रको परीक्षामा १ सय ६८ परीक्षार्थीको नतिजा फेरबदल गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयले आरोप पत्र दायर गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा आरोप पत्र दर्ता भएको थियो ।

गत वैशाख पहिलो साता विपद् व्यवस्थापन गुल्म, बागलुङका प्रहरी नायब निरीक्षक रूपनारायण महतो सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारले पक्राउ गर्‍यो । उनीविरुद्ध अख्तियारको पोखरा कार्यालयले विशेष अदालतमा ३८ हजार बिगो दाबी गर्दै २५ वैशाखमा आरोप पत्र दर्ता गर्‍यो ।

गण्डकीमा एक वर्षमा १ हजार ११८ वटा भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७८/७९ मा प्रदेशको नवलपुरबाहेक १० जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयमा १ हजार ११८ उजुरी दर्ता भएको अख्तियारको वार्षिक प्रतिवेदनमा छ ।

अख्तियारको पोखरा कार्यालयले बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार गण्डकीमा १११८ उजुरी परेकोमा ७०७ उजुरी फर्छ्यौट भएका छन्, जुन कुल उजुरीको ६३ प्रतिशत हो ।

अघिल्लो आ.व.मा देशभरमा सबैभन्दा कम उजुरी गण्डकीबाट परेको छ । देशभर परेका २४ हजार ३३१ उजुरीमा गण्डकीबाट करिब ८ प्रतिशत मात्र उजुरी परेको हो । बागमतीबाट सबैभन्दा बढी २४.१३ प्रतिशत उजुरी परेको अख्तियार पोखरा कार्यालयका सूचना अधिकारी राजु कुँवरले जानकारी दिए ।

बढी उजुरी उद्योग, पर्यटन मन्त्रालयमा

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन् । उद्योग, पर्यटनमा ७७ वटा भ्रष्टाचारका उजुरी परेकोमा ५१ वटा मात्र फर्छ्यौट भएका छन् ।

उद्योग, पर्यटन पछि सबैभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने मन्त्रालयमा भौतिक मन्त्रालय देखिएको छ । भौतिकमा ४१ वटा भ्रष्टाचारका उजुरी परेको अख्तियारको वार्षिक प्रतिवेदनमा छ । भूमि, कृषिमा १३ उजुरी, स्वास्थ्यमा ४० उजुरी पर्दा शिक्षामा ५ वटा भ्रष्टाचारका उजुरी दर्ता भएका छन् ।

जिल्लामा सबैभन्दा बढी उजुरी कास्कीमा

गण्डकी प्रदेशमा जिल्लातर्फ सबैभन्दा उजुरी कास्कीमा परेका छन् । अघिल्लो आ.व.मा कास्कीमा ४ सय ५७ उजुरी परेका छन् । त्यसमध्ये ३ सय २१ उजुरी मात्रै फर्छ्यौट भएका छन् । कास्कीपछि सबैभन्दा बढी भ्रष्टाचारका उजुरी परेको जिल्ला तनहुँ देखिएको छ । प्रतिवेदन अनुसार तनहुँमा १ सय ३७ वटा उजुरी दर्ता भएका छन् । पर्वतमा १ सय १५, स्याङ्जामा १ सय ७ वटा उजुरी परेको प्रतिवेदनले देखाएको छ । सबैभन्दा कम १० वटा उजुरी मुस्ताङमा परेको देखिन्छ ।

चालु आ.व.मा ६ सय ३७ उजुरी

चालु आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्म ६ सय ३७ उजुरी अख्तियारमा परेका छन् । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ४१२ उजुरीसहित यस आर्थिक वर्षमा ६३७ उजुरी परेको अख्तियार पोखराका सूचना अधिकारी राजु कुँवरले जानकारी दिए । यसमध्ये ९८ उजुरी मात्रै फर्छ्यौट भएका छन् ।

सबैभन्दा बढी स्थानीय तह (संघीय मामिला)मा २ सय ४३ उजुरी परेका छन् । मन्त्रालय अन्तर्गत यस आर्थिक वर्षमा वन वातावरणमा ३३, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २८, स्वास्थ्यमा १९, भूमि व्यवस्थामा २७, भौतिक पूर्वाधारमा २६ वटा भ्रष्टाचारका उजुरी परेका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist