धनगढी । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।
ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए ।
उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















