५ वर्षमा संसदको खर्च ४ अर्ब ५७ करोड ३२ लाख, तलब भत्तामा मात्रै २ अर्ब खर्च

काठमाडौं । संघीय संसदको ५ बर्षको कार्यकालमा ४ अर्ब ५७ करोड ३२ लाख ४० हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०७९ मा संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, सवारी साधन मर्मत, घर भाडा लगायत विभिन्न शीर्षकमा सो रकम खर्च भएको हो । 

संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, पदाधिकारी अन्य सुविधा, पदाधिकारी अन्य भत्ता, महँगी भत्ता लगायतमा मात्रै कूल २ अर्ब ३ करोड २९ लाख ६२ हजार १ सय ९२ रुपैयाँ खर्च भएको छ । 

संघीय संसद सचिवालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा कूल १ अर्ब ४ करोड १४ लाख ३६ हजार ४ सय ८१ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब १९ करोड ११ लाख ९७ हजार ७ सय १९ रुपैयाँ खर्च भएको थियो । 

आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब १८ करोड ६ लाख ८६ हजार ४ सय ३ रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ४ करोड २९ लाख ८८ हजार ४ सय ३१ रुपैयाँ खर्च भएको थियो । 

यस्तै आर्थिक वर्ष २०७८र०७९ मा कूल १ अर्ब १६ करोड ९३ लाख १२ हजार ७८ रुपैयाँ खर्च भएको छ । 

सांसदहरुले बुझे घरभाडामा २५ करोड ५७ लाख 
झण्डै साढे ४ वर्षमा सांसदहरुको घरभाडाका लागि मात्र २५ करोड ५७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । २०७४ फागुनदेखि २०७९ भदौसम्मको ५५ महिनामा सांसदहरुको आवास भाडा बापत यो रकम खर्च भएको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी कूल ३ सय ३४ सांसदका लागि यो रकम खर्च भएको हो । 

सांसदहरुको मासिक घरभाडाका लागि मासिक ४६ लाख ५० हजार खर्च हुने गरेको छ । काठमाडौंमा घर नभएका सांसदहरूका लागि मासिक १८ हजार र काठमाडौंमा घर भएका सांसदहरुले ९ हजार रुपैयाँ घरभाडा बापत बुझ्ने गरेका छन् । 

इन्धनमा ३ करोड खर्च
इन्धन शीर्षकमा ५ वर्षमा ३ करोड २ लाख २७ हजार ३ सय ८९ रुपैयाँ खर्च भएको छ ।  संघीय संसद सचिवालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा इन्धनका लागि २७ लाख ७३ हजार ६६६ रुपैयाँ खर्च भएको थियो । 

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ६९ लाख १६ हजार ३० रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ७० लाख ७४ हजार ३ सय ७१ रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ७० लाख ५५ हजार ३२० रुपैयाँ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६४ लाख  ८ हजार २ रुपैयाँ खर्च भएको छ । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist