काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति बनाउनेगरी लाग्न निर्देशन दिएका छन् । बागमती प्रदेशका पदाधिकारीसहित केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले आगामी मंसिर ४ गतेको चुनावबाट संसदको दोस्रो शक्ति बन्ने प्रवल सम्भावना भएकाले चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।
उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए । अहिलेको संसदीय प्रणालीबाट मुलुकको रुपान्तरण हुन नसक्ने बताउँदै प्रचण्डले चुनावपछि आन्दोलन गर्ने अवस्था आउन सक्ने बताए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















