
नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले फेरि एकपटक वामपन्थी शक्तिहरु एक हुनुपर्ने बताएका छन्।
बिहीबारदेखि सुरु भएको पोलिटव्युरो बैठकमा भूसालले पेश गरेको ४ पृष्ठ लामो नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्वको पुनर्स्थापनाका लागि प्रस्तावमा उक्त कुरा उल्लेख गरेका छन्।
उनले स्थानीय तहको चुनावी परिणामलाई गम्भीर रुपमा लिन पनि अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी समेतले जितेका स्थानीय तह जम्मा ३४७ छन्।
‘कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारण गुमेका छन्। त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो,’ भुसालको प्रतिवेदनमा भनिएको छ,‘फेरि निर्वाचन आउँदै छ। स्थानीयको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ। त्यसको अर्थ संसदमा दुईतिहाइभन्दा बढी हो। वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै छ।’
कम्युनिष्ट पार्टी विभाजित हुने र नेपाली कांग्रेसले नेकपा एमालेविरुद्ध कम्युनिष्ट पार्टीहरुलाई नै प्रयोग गर्ने अवस्था देखिएको उनले लेखेका छन्।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















