
लमजुङ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज मायानाथ अधिकारीले अब हुन लागेकाे संघ र प्रदेशकाे निर्वाचनमा परमादेशवाला सत्ता गठबन्धनलाई हराएर एमालेलाई नयाँ जनदेश दिनुपर्ने वताएका छन् ।
शनिवार लमजुङको भुलभुलेमा नेकपा एमाले मस्याङ्दी गाउँ कमिटीको आयाेजना भएकाे पालिका स्तरीय प्रशिक्षण भेलालाई संवाेधन गर्दै नेता अधिकारीले एमालेलाई बहुमतकाे जनादेश दिनेगरि काममा खटिन स्थानीय नेता कार्यकर्ताहरूलाई आब्हान गरे ।
`याे पटक परमादेशलाई हराएर एमालेलाई जनादेश दिनुपर्छ । जनता त्यसका लागि तयार भएर बसेका छन्´, अधिकारीले भने, `लमजुङमा गठबन्धन भन्दा हामी बलियाे छाैं । स्थानीय निर्वाचनको परिणामले पनि त्यहि देखाउँछ ।´ पार्टी पंक्ति एकढिक्का भएर लागिपरे संघ र प्रदेश चुनाव जितिने उनले दावी गरे ।
उनले वर्तमान सरकारलाई जनताकाे ढाड सेक्नेगरि महङ्गी बढाउने, आर्थिक रूपमा देशलाई धरासायी बनाउने, विदेशीसामु लम्पसार पर्ने, सरकार जाेगाउन राष्ट्रियता प्रति चासाे नराख्ने, लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे चुईक्क बाेल्न नसक्ने जस्ता कमजाेरी रहेकाे आराेप लगाए । गण्डकी प्रदेश सरकारप्रति कटाक्ष गर्दै जनताकाे विकासकाे पैसा काटेर आफ्ना बाउआमाकाे नाममा बजेट छुट्याएकाे आराेप लगाए । `उनिहरू सत्तामा आउँदा जनताकाे लागि काम गर्छन कि आफ्ना लागि गर्छन भन्नेमा जनता जानकार भैसकेका छन, अब विकास र सम्वृद्विका लागि एमाले एकजुट भएर जजतामाझ जानुपर्छ । गठबन्धन सरकारले गरेका गलत कामकाे भण्डाफाेर गर्नुपर्छ´, उनले भने ।
कार्यक्रममा नेता अधिकारीले वर्तमान राजनितिक अवस्था र हाम्रो दायित्व विषयमा प्रशिक्षण दिएका थिए । यसैगरी प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी अधिकारीले पार्टी र जनप्रतिनिधि विचकाे अन्तर र समाजवादकाे आधार निर्माणमा स्थानीय पालिकाकाे भुमिका, जिल्ला कमिटीका सहसचिव जीतबहादुर गुरूङले संगठन निर्माण, जिल्ला कमिटी सदस्य एवं मस्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले स्थानिय तह निर्वाचन सन्देश र जिल्ला कमिटी सदस्य राेनिस परियारले पार्टी र जनवर्गीय संगठनकाे अन्तरसम्बन्ध विषयमा प्रशिक्षण दिएका थिए ।
गाउँकमिटी अध्यक्ष चेतबहादुर गुरूङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँकमिटी उपाध्यक्ष एवं पालिका उपाध्यक्ष जुना थापाले स्वागत मन्तब्य राखेकाे सचिव राम थापाले बताए ।

लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















