संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न थालेपछि संरक्षणकर्मी र स्थानीय समुदाय चिन्तित बनेका छन् ।

मिचाहा वनस्पतिले जैविक विविधता र मौलिक वनस्पतिको अस्तित्वमा खतरा उत्पन्न भएको भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय लमजुङले समुदाय स्तरमा सचेतना र नियन्त्रणका कार्यहरु गर्न थालेको छ । गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोगमा संरक्षण क्षेत्र व्यवस्थापन समितिहरुसँग मिलेर मिचाहा वनस्पति प्रजातिको व्यवस्थापन र नियन्त्रणमा जुटेको इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले जानकारी दिनुभयो । जंगलमा फैलिदो क्रममा रहेको वनमारा र गन्धे प्रजातिको प्रभाव कम गराउने र सचेतना फैलाउने उदेश्यले समुदायसँग मिलेर काम गरिएको उहाँले बताउनुभयो । समुदायमा मिचाह प्रजातिको नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धी तालिम र नियन्त्रणका कार्यहरु समेत गरिएको रेग्मीले बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिका वडा नं. २ घनपोखरा, वडा नं. ३ खुदी, वडा नं. ४ ताघ्रिङ, वडा नं. ९ सिम्पानी र क्व्होँलासोथार गाउँपालिका पुरैमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले काम गर्दै आएको छ । यहाँ रहेका स्थानीय संरक्षण समितिलाई मिचाह प्रजाति ब्यवस्थापन सम्बन्धी तालिम दिनुको साथै प्रभाव कम गराउने काम गरिएको एक्यापका संक्षण अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो । स्थानीय समुदायको सक्रिय सहभागितामा केही स्थानमा मिचाहा झारहरू उखेलेर हटाउने कार्यसमेत सुरु गरिएको छ ।

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना कार्यक्रम १९ जिल्लामा सञ्चालनमा रहेको छ । संरक्षण क्षेत्रमा देखिएको मिचाह प्रजातिका बनस्पतिलाई आगामी दिनमा विक्रेट, मल आदि बनाएर यसको नियन्त्रण र ब्यवस्थापन गर्नका लागि समुदायलाई तयारी बनाउन सुरुवात गरिएको न्यौपानेले बताउनुभयो ।

मिचाह बनस्पतिको प्रकोपले स्थानीय बनस्पति तथा चराचुरुङ्गीको बासस्थान अतिक्रमण गर्ने र भूमिको उर्वरता घटाउने गरेको संरक्षणकर्मीहरु बताउँछन् । मस्र्याङ्दी–९ सिम्पानीको संरक्षण समतिकिा अध्यक्ष रामबहादुर थापाले मिचाहा प्रजातिका कारण खेतीपातीमा असर परेको र मौलिक बनस्पति हराउँदै गएकाले यसलाई समयमै नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । सरकार, संरक्षण संस्था तथा स्थानीय समुदायबीचको सहकार्यले मिचाहा प्रजातिका बनस्पतिको विस्तार नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist