आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

लमजुङ । वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले सिरसिरे डाँडाको मनमोहक बढाएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित सिरसिरे डाँडा आजभोली आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा उदाउँदै गएको छ । प्राकृतिक सुन्दरता, मनमोहक दृश्य र गर्मी मौसममा बहने सिरसिरे हावाले यस स्थानलाई आराम र ताजगी खोज्नेहरूका लागि स्वर्गसरह बनाएको छ । नजिकैको ठाउँमै शान्त वातावरण र रमणीय दृष्य अवलोकन गर्न चाहनेहरूका लागि सिरसिरे डाँडा अब छुटाउन नहुने स्थल बन्न थालेको छ ।

सिरसिरे डाँडाबाट भोटेओडारका फुलबारी क्षेत्रका वस्ती, मस्र्याङ्दी नदीको गहिरो खोंच, पहाडी हरियाली र बिहानको स्वच्छ हिमशृङ्खला नजिकबाट हेरेझैं देखिन्छ । साँझ पर्नु अघि पश्चिमतर्फ ढल्किँदै जाने सुनौलो घामको दृश्य र चाँदनी रातमा देखिने बजारको दृश्य कैद गर्न त्यहाँ पुग्नेहरूद्वारा सामाजिक सञ्जाल भरिभराउ हुन्छ । मोटरसाईकल र अटो सजिलै पुग्ने भएको कारण, बिदाको समयमा यहाँ बालबच्चासहित रमाउन आउनेको घुइँचो लागेको स्थानीयहरु बताउँछन् ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय युवा क्लव र वडाले सिरसिरे डाँडामा लिङ्गे पिङ, राष्ट्रिय झण्डा, घुम्ती बस्ने ठाउँ लगायतका संरचना निर्माण गरिसकेका छन् । वडा कार्यालयले झण्डा राख्ने स्थान तथा वरपरका संरचनामा सुधार गरेको छ । आगामी दिनमा विश्राम कुटी, फोटोपोइन्ट, भ्यू–टावर निर्माण गर्ने योजना अघि बढेको वडा अध्यक्ष मनराज गुरुङले बताउनुभयो ।

सुन्दरबजार नगरपालिका–९ सिउँडिबार हुँदै करिब आधा घण्टाको उकालो पैदल यात्राले यस स्थानसम्म पुग्न सकिन्छ । त्यस्तै सुन्दरबजारको पैरे हुँदै मोटरसाइकल र अटोमार्फत सहजै पुग्न मिल्ने सडक निर्माण भएपछि यहाँ आउनेको संख्या झन् बढेको छ । सिरसिरे डाँडाबाट चण्डी मन्दिरसम्म जाने पदमार्गले यो ठाउँलाई धार्मिक पर्यटनसँग पनि जोडेको छ ।

घरेलु पर्यटकहरू हप्ताको बिदामा परिवार र साथीभाइसँग आराम, फोटोभिडियो, टिकटक बनाउन र पिकनिकका लागि यहाँ आउने गरेका छन् । प्राकृतिक दृश्यसँगै खाजा र चियापसल, स्थानीय परिकार, हस्तकला विक्रि जस्ता व्यवसाय सुरू गर्ने सम्भावनाले स्थानीयलाई उत्साहित बनाएको छ । उचित व्यवस्थापन र प्रवद्र्धन गर्न सकेमा यसलाई सिरसिरे डाँडा भ्यू–प्वाइन्टको रूपमा लमजुङको आन्तरिक पर्यटन नक्सामा स्थापित गर्न सकिने स्थानीयहरूले विश्वास लिएका छन् ।

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist