आउला त स्वर्णिम युग ?

सबैलाई थाहा छ– चुनावमा न्याय र सत्यले जित्छ, अन्याय र असत्यले हार्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । चुनावी परिणामको आधार सत्य र असत्यबीचको लडाइँ, न्याय र अन्यायबीचको संघर्ष, ठीक र बेठीकबीचको छनोट मात्रै हैन । चुनावी परिणाम अनेक कारणले प्रभावित हुन्छ । जनसन्तुष्टि र असन्तुष्टि, आम निराशा वा खुशीलाई कुनै न कुनै रूपमा प्रकट गर्दछ ।

यसपटकको उपचुनावले पनि त्यो काम गरेकाेछ । याे देशमा कुनै दिन ढुङ्गामाटाे पनि काँग्रेस थियाे, उसले पनि पटक पटक देश चलाउने अबसर पायाे । पछि माओवादी पनि उर्लेर आयाे, सत्ता चलायाे । एमालेले पनि अबसर पायाे सत्ता चलायाे । मधेशमा जसपा जाग्याे । यी सबै पार्टी देशमा अनेक संघर्ष र आन्दाेलनबाट प्रजातन्त्र, लाेकतन्त्रहुँदै गणतन्त्रात्मक संघीय संरचना स्थापना गरि आएका पार्टी हुन । तर, पटक पटककाे सत्ता सञ्चालनकाे अबसरलाई उनीहरूले सदुपयाेग गर्न सकेनन् ।

याे अबधिमा देशमा केहिपनि नभएकाे भने हैन, तर सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, देशमै उद्याेग कारखानाकाे स्थापना, राेजगारी र राष्ट्रिय उत्पादन बृद्वि गरि स्वाधीन अर्थतन्त्र निर्माणका लागि भने उनीहरू चुके । यहि कमजाेरी समात्दै अहिले रास्वपा, जनमतसहितका पार्टी उदाए । उनीहरूकाे बारम्बार एउटै भनाई छ,- सुशासन, राेजगारी, अर्थतन्त्रको सुधार, विकास र समृद्धि ।

विगतको चियामा जेरी चोपेर खान पल्केकाहरुले यो चुनावको परिणामलाई कान खोलेर सुन्न जरुरी छ । जसरी घण्टी बज्यो,यो सुदीनको सुरुवात हो कि होइन?समयले जवाफ देला । तर,आफुलाई दल र मतदाताका ठेकेदार ठान्नेहरुमाथिको बज्रपात चाहिँ पक्का हो । हिजो जनताको टाउको गनेर सत्ताको भागशान्ति गर्नेहरुकाे कानकाे जाली फुट्नेगरि घण्टी बजेकाे छ ।

यतिबेला देशकाे अर्थतन्त्र विग्रिएकाे छ । यहि समस्यालाई छेकाे पारेर स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागि १ भाेट मलाई भनेर प्रचार गरे र जिते पनि । अन्य उमेदवार भन्दा उनी अब्बल पनि थिए, जनताले पत्याए । अब भाेलिदेखि छुमन्तर गरेर देशकाे अर्थतन्त्र सुधार हुन्छ त ?, हुँदैन । १० वर्ष मन्त्री सरहकाे सुविधा लिएर याेजना आयाेगमा बस्दा सुधार गर्न नसकेकाे अर्थतन्त्र मामुली सांसद मात्र हुँदा सुधार्न गाह्रै छ । अझ तनहुँकाे विकासकाे माेडल वा देशकै विकासकाे माेडल कस्ताे हुनुपर्छ, र उनी १० वर्ष याेजना अायाेगमा बस्दा बनाएका याेजना के थिए । त्याे १० वर्षे कार्यकालकाे याेजना कति पूरा भए र कति पूरा भएनन पक्कै समीक्षा हाेला ।

अब भने उनले रेखाङ्कन गर्ने अर्थतन्त्र सुधारकाे नक्सा पक्कैपनि छिट्टै सार्वजनिक हाेला । अनि शुरू हुनेछ देशमै राेजगारी । हिजाे उनीहरूका कारण तपाईहरू खाडीमा जानुपर्याे, आज हामी फिर्ता बाेलाउँदै छाैं आउनुहाेस भनेकाे सुन्न जनतालाई पक्कैपनि धेरै दिन कुर्नपर्ने छैन । कृषि उत्पादन र बजारीकरण, उद्योग, पर्यटनकाे पुर्वाधार विकासपनि धेरै समय कुर्न पर्ने छैन । त्यतिबेला सामाजिक सञ्जालमा मात्र हैन, देशमै स्वर्णिम युगकाे सुरूवात हुनेछ ।

नत्र, १ थान सांसदका लागि मात्र जनताले यतिविध्न माया गरेका हैनन, रास्वपाले पनि जित्नका लागि मात्रै पनि यति भनेकाे हैन हाेला । भनाई र लेखाइ जस्तै, विजयकाे खुसीकाे उन्माद त्यतिबेला परिक्षण हुनेछ, त्याे दिन कामकाे अनुभूति नागरिकले गर्नेछन् । सामाजिक सञ्जालमा मात्र हैन, मुलुकमा स्वर्णिम युगकाे शुरूवात हाेस, शुभकामना !


+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist