पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नुभएका हेवीवेटका उमेद्वार पृथ्वीसुब्बा गुरुङसंग कांग्रेस र रास्वपा आमने सामने भएका छन् ।

लमजुङमा २०७४ र २०७९ मा फरक फरक दलहरुविच गठबन्धन भएर निर्वाचन भएको थियो । २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेले प्राप्त गरेको मतभन्दा पनि पृथ्वीसुब्बा गुरुङले तीन हजार ७८१ बढी लोकप्रिय मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला एमालेको समानुपातिक मत ३१ हजार १७८ थियो, गुरुङले ३४ हजार ९६९ ल्याउनुभयो ।

यसअघि पाँच दलीय गठबन्धनलाई पराजित गर्नु भएका गुरुङसँग अहिले मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका उम्मेद्वार गमप्रसाद गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार धर्मराज केसी आमनेसामने हुन आइपुग्नुभएको छ । नेपाली कांग्रेसका गमप्रसाद पहिलो पटक र रास्वपाका केसी दोस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ । रास्वपाका केसीले २०७९ को निर्वाचनमा ९ हजार २९ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

२०७९ को निर्वाचनमा कांग्रेसहित पाँच दलीय गठबन्धनबाट उम्मेद्वार बन्नु भएका तत्कालीन माओवादीका महासचिव देवप्रसाद गुरुङ ३१ हजार ७ सय ८१ मतमा सीमित हुनुभएको थियो । उहाँ अहिले उम्मेद्वार बन्नुभएको छैन । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसको प्रत्यक्षतर्फ उम्मेद्वार नभए पनि समानुापतिकतर्फ २७ हजार ७९६, रास्वपाले ८ हजार २१७, माओवादी केन्द्रले ६ हजार ४८३ र राप्रपाले २ हजार ३०८ मत प्राप्त गरेको थियो । चुनावी मैदानमा रहनुभएका तीनै जनाले आफूले जित्ने दाबी गर्दै आउनुभएको छ ।

नेकपा एमालेका अध्यक्ष राजकुमार विष्ट पाँच दलीय गठबन्धनगरी एमालेलाई धुलो चटाउछु भन्दा पनि २०७९ मा लोकप्रिय मत प्राप्तगरी गुरुङले विजयी हासिल गरेकोले अहिले एक्ला एक्लै चुनाव लड्दा जित्नका लागि धेरै सहज अबस्था रहेको बताउनुहुन्छ । उता नेपाली कांग्रेसले गमप्रसाद गुरुङ पार्टीभित्र विवादरहित र सालिन उम्मेद्वार रहेकोले यसपटक नेपाली कांग्रेसले विजयी हासिल गर्ने दाबी गर्दै आएको छ । नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले आफ्नो पार्टीको उम्मेद्वारको जित सुनिश्चत रहेको बताउनुभयो ।

आफूलाई बैकल्पिक शक्ति भन्दै चुनावी मैदानमा उत्रिएको रास्वपाका धर्मराज केसीले पनि आफुहरुले जित्ने दाबी गर्दै आउनुभएको छ । रास्वपा लमजुङका संयोजक अशोक सापकोटाले २०७९ भन्दा अहिले धेरै परिवर्तन भइसकेको र मतदाताले नयाँ उम्मेद्वार खोजेकोले केसीले जित्नेमा आफू ढुक्क रहेको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीबाट युवा उमेद्वार हरिजंग तामाङ मैदानमा हुनुहुन्छ । यसपटक जनताको चाहना युवामा रहेको उहाँहरुको दावी छ ।

चुनावी मैदानमा रहेकामध्ये पार्टीको सबैभन्दा शीर्ष स्थानमा रहनुभएका पृथ्वीसुब्बा गुरुङ यसअघि लमजुङबाट तीन पटक निर्वाचन जित्नुका साथै प्रदेशको मुख्यमन्त्री र दुई पटक संघीय सरकारको मन्त्री हुनुभएको थियो । उहाँले आफूले शुरु गरेका विकास निर्माणका काम अहिले पनि अधुरा रहेका भन्दै त्यसलाई पूरा गर्न आफ्नो उम्मेद्वारी रहेको बताउँदै आउनुभएको छ ।

लमजुङको चुनावी मैदानमा १२ जना उम्मेद्वारहरु रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केविन्द्रजंग गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन्द्र नखोला, श्रम संकृति पार्टीबाट कोषलाल गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेश्नल रिपब्लिक पार्टीका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे रहनुभएको छ ।

लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता रहेका थिए ।

+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist