जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस लमजुङको आयोजनामा सदरमुकाम बेँसीशहरमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनाव केवल दलको जित–हारको विषय नभई देशलाई संकटबाट निकास दिने क्षमताको परीक्षण भएको बताउनुभयो ।

शर्माले भन्नुभयो, “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिमा देशलाई कसले संयमका साथ समन्वय गर्न सक्छ, कसले परिपक्व ढंगले गाँस्न सक्छ र हाँक्न सक्छ भन्ने हो ।” उहाँले ऐतिहासिक तथ्यका आधारमा काँग्रेसले मुलुकलाई सही ढंगले अघि बढाएको उदाहरण जनतामाझ लैजान आग्रह गर्नुभयो । उहाँले इतिहासका विभिन्न मोडमा नेपाली काँग्रेसले देशभित्रका भिन्न शक्ति, दल र समुदायबीच समन्वय गरेर देशलाई निकास दिने भूमिका खेलेको दाबी गर्नुभयो । अहिलेको बदलिँदो अबस्था र पुस्ताबीच पनि समन्वय गर्दै देशलाई नयाँ विश्वासको चरणमा लैजान सक्ने क्षमता काँग्रेससँग रहेको उहाँको भनाइ थियो ।

उपसभापती शर्माले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०७० सालको संविधानसभा निर्वाचनसम्मको उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, “२००७ सालको क्रान्तिपछि राणालाई मिलाउने कुरा, २०१५ सालपछि सबैलाई समेट्ने कुरा, पञ्चायत ढालेपछि राजालाई मिलाउने कुरा चानचुने थिएन् । लमजुङका मुक्ति अधिकारी जस्ता हजारौं मानिस मारिदाँ पनि माओवादीलाई मिलाएर ल्याएको दल काँग्रेस हो । २०६४ मा अहिलेको जस्तै हुरी चल्दा काँग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो, देशले संविधान पाएन । २०७० मा काँग्रेस पहिलो दल बनेपछि दुई वर्षमै संविधान आयो । यो कुरा जनतालाई बुझाउनुपर्छ ।”

उहाँले मतदातालाई गम्भीर भएर निर्णय लिन आग्रह गर्दै प्रश्न गर्नुभयो, “२०६४ जस्तै गल्ती दोहोर्याउने कि २०७० जस्तै विवेक पु¥याउने ?” आजको मुल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मुल प्रश्न विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्याउन सक्छ भन्ने रहेको उहाँको भनाइ छ । उहाँले जेनजी आन्दोलनपछिको आवेग र उत्तेजनालाई शान्तिमा ढालेर समाजलाई गाँसेर अघि बढ्न कांग्रेसलाई मत दिनुर्ने बताउनुभयो ।

अबको देशमा आशन, शासन र भाषण सुधार्ने गरी काँग्रेस अघि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब काँग्रेस एउटै ब्यक्तिले मात्र अबसर पाउने छैन् । दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन पाइँदैन, अब सक्ने कुरा मात्र बोल्छौं, गर्नसक्ने मात्र गर्छौं । कसैलाई गाली गर्दैनौं ।” कांग्रेस यतिबेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उहाँले भन्नुभयो, “त्यही अभियानको लहरमा लमजुङ पनि मिसिनेछ । देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानुछ । यदी सही ढंगले देशलाई अघि बढाउन सकेनौ भने अहिले जेनजी विद्रोह भयो, १० वर्षपछि फेरी अल्फाको विद्रोह हुनेछ । हामी त्यो अबस्था बन्न दिने छैनौं ।”

चुनावी सभामा काँग्रेसका उम्मेद्वार गमप्रसाद गुरुङ, पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती, जिल्ला सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, जिल्ला सचिव आनन्द घिमिरे, कोषाध्यक्ष सृजना गुरुङ, तरुण दल लमजुङका अध्यक्ष कुमराज गुरुङ (भुपेश) लगायतले मन्तब्य राख्नुभएको थियो ।

+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist