लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली लमजुङ मस्र्याङ्दी युवा क्लब क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार सदरमुकाम बेंसीसहरस्थित सहजी खेलमैदानमा सम्पन्न पहिलो खेलमा एनआरटीले भानु युनाइटेड (चक्रपथ, काठमाडौं) लाई १–० गोल अन्तरले पराजित ग¥यो । एनआरटीका चेतन चौधरीले खेलको ११ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उत्कृष्ट प्रदर्शन गरेका चेतन ‘म्यान अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।
दोस्रो खेलमा घरेलु टोली लमजुङ मस्र्याङ्दीले सूर्यपुर चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । खेलको पहिलो हाफको इन्जुरी समयमा समीर तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफको २० औँ मिनेटमा एरोन थापाले अर्को गोल थप्नुभयो । सूर्यपुर चितवन गोलरहित रह्यो । यस खेलमा समीर तामाङ ‘म्यान अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगिताअन्तर्गत सोमबार बिहान ११ बजे सातदोबाटो फुटबल क्लब र लालीगुराँस युवा क्लब भुजुङबीच पहिलो खेल हुनेछ । त्यस्तै, दोस्रो खेल दिउँसो २ बजे ठडराई समाज र समाजकल्याण काठमाडौंबीच हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ । साथै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
















