एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित

लमजुङ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएको छ । 

उपाध्यक्ष पदमा सबैभन्दा लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभयो । एक हजार ७ सय ३७ मत ल्याएर उहाँ ‘म्यान अफ दि इलेक्सन’ बन्नुभएको थियो । उहाँले अध्यक्ष केपी शर्मा ओलीभन्दा ७४ मत बढी प्राप्त गर्नुभएको थियो ।

खुला केन्द्रीय सदस्यतर्फ डा. भीष्मनाथ अधिकारी १ हजार ३ सय ९६ मतका साथ निर्वाचित हुनुभयो । उहाँ केन्द्रीय कार्यालय सचिव हुनुहुन्छ । यसैगरी जमीन्द्रमान घले १ हजार ३ सय ४५ मत, महिला खुलातर्फ टुकाभद्र हमाल १ हजार ८ सय २६ मत, सम्पर्क समन्वय कमिटी, महिलातर्फ भगवती थापा क्षेत्री (कल्पना) १ हजार ८ सय ३७ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । उहाँहरु तीनै जना यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

यसपटक लमजुङबाट कृष्णप्रसाद अधिकारी र यशोदा रिमालले केन्द्रीय सदस्यमा डेब्यु गर्नुभएको छ । कृष्णप्रसाद अधिकारी १ हजार १८ मत र यशोदा रिमाल १ हजार ८ सय ७ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । अघिकारी एमाले लमजुङका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने रिमाल गण्डकी प्रदेशसभा सदस्य हुनुहुन्छ । 

दलित युवा (४० वर्षमुनि) तर्फ हीरालाल विश्वकर्माले स्वतन्त्र उम्मेदवारी दिएपनि उहाँ निर्वाचित हुन सक्नुभएन । उहाँले ३ सय ६४ मत प्राप्त गर्नुभएको थियो । अनुशासन आयोगको सचिवमा डा. राजेन्द्र घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँ पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा मुख्य न्यायाधिवक्ता हुनुहुन्थ्यो ।

संस्थापन पक्षको प्यानलमा परेपनि केन्द्रीय अनुशासन आयोगका सदस्य रहनुभएका मायानाथ अधिकारीले यसपटक पनि सोही पदमा उम्मेद्वारी दिन अस्वीकार गर्नुभएको थियो ।

+ posts

ताजा खबर

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित

एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित

लमजुङ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएको छ ।  उपाध्यक्ष पदमा...

३३ औं त्रिवेणी कप तयारी, १६ टिम सहभागी हुने

३३ औं त्रिवेणी कप तयारी, १६ टिम सहभागी हुने

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औं संस्करण पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेसीसहरमा सुरु...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist