आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

लमजुङ । वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले सिरसिरे डाँडाको मनमोहक बढाएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित सिरसिरे डाँडा आजभोली आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा उदाउँदै गएको छ । प्राकृतिक सुन्दरता, मनमोहक दृश्य र गर्मी मौसममा बहने सिरसिरे हावाले यस स्थानलाई आराम र ताजगी खोज्नेहरूका लागि स्वर्गसरह बनाएको छ । नजिकैको ठाउँमै शान्त वातावरण र रमणीय दृष्य अवलोकन गर्न चाहनेहरूका लागि सिरसिरे डाँडा अब छुटाउन नहुने स्थल बन्न थालेको छ ।

सिरसिरे डाँडाबाट भोटेओडारका फुलबारी क्षेत्रका वस्ती, मस्र्याङ्दी नदीको गहिरो खोंच, पहाडी हरियाली र बिहानको स्वच्छ हिमशृङ्खला नजिकबाट हेरेझैं देखिन्छ । साँझ पर्नु अघि पश्चिमतर्फ ढल्किँदै जाने सुनौलो घामको दृश्य र चाँदनी रातमा देखिने बजारको दृश्य कैद गर्न त्यहाँ पुग्नेहरूद्वारा सामाजिक सञ्जाल भरिभराउ हुन्छ । मोटरसाईकल र अटो सजिलै पुग्ने भएको कारण, बिदाको समयमा यहाँ बालबच्चासहित रमाउन आउनेको घुइँचो लागेको स्थानीयहरु बताउँछन् ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय युवा क्लव र वडाले सिरसिरे डाँडामा लिङ्गे पिङ, राष्ट्रिय झण्डा, घुम्ती बस्ने ठाउँ लगायतका संरचना निर्माण गरिसकेका छन् । वडा कार्यालयले झण्डा राख्ने स्थान तथा वरपरका संरचनामा सुधार गरेको छ । आगामी दिनमा विश्राम कुटी, फोटोपोइन्ट, भ्यू–टावर निर्माण गर्ने योजना अघि बढेको वडा अध्यक्ष मनराज गुरुङले बताउनुभयो ।

सुन्दरबजार नगरपालिका–९ सिउँडिबार हुँदै करिब आधा घण्टाको उकालो पैदल यात्राले यस स्थानसम्म पुग्न सकिन्छ । त्यस्तै सुन्दरबजारको पैरे हुँदै मोटरसाइकल र अटोमार्फत सहजै पुग्न मिल्ने सडक निर्माण भएपछि यहाँ आउनेको संख्या झन् बढेको छ । सिरसिरे डाँडाबाट चण्डी मन्दिरसम्म जाने पदमार्गले यो ठाउँलाई धार्मिक पर्यटनसँग पनि जोडेको छ ।

घरेलु पर्यटकहरू हप्ताको बिदामा परिवार र साथीभाइसँग आराम, फोटोभिडियो, टिकटक बनाउन र पिकनिकका लागि यहाँ आउने गरेका छन् । प्राकृतिक दृश्यसँगै खाजा र चियापसल, स्थानीय परिकार, हस्तकला विक्रि जस्ता व्यवसाय सुरू गर्ने सम्भावनाले स्थानीयलाई उत्साहित बनाएको छ । उचित व्यवस्थापन र प्रवद्र्धन गर्न सकेमा यसलाई सिरसिरे डाँडा भ्यू–प्वाइन्टको रूपमा लमजुङको आन्तरिक पर्यटन नक्सामा स्थापित गर्न सकिने स्थानीयहरूले विश्वास लिएका छन् ।

+ posts

ताजा खबर

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित

एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित

लमजुङ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएको छ ।  उपाध्यक्ष पदमा...

३३ औं त्रिवेणी कप तयारी, १६ टिम सहभागी हुने

३३ औं त्रिवेणी कप तयारी, १६ टिम सहभागी हुने

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औं संस्करण पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेसीसहरमा सुरु...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist