लमजुङ । लमजुङ सदरमुकाम रहेको बेसीशहर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ७५ करोड ४८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख पद्मा गुरुङले आ.व. २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेट बजेट पेश गर्नुभएको हो ।
बजेट चालु तर्फ ४७ करोड ८१ लाख (६३.३४ प्रतिशत) र पुँजीगत तर्फ २७ करोड ६७ लाख २० हजार (३६.६६ प्रतिशत) रहेको छ । यो बजेट चालु आर्थिक वर्ष २०८१÷०८२ को भन्दा एक करोड ४७ लाख ३३ हजार रुपैयाँ न्यून रहेको छ ।
प्रस्तुत बजेटमा खर्च व्यहोर्ने स्रोतहरुमा संघीय समानीकरण अनुदानबाट १३ करोड आठ लाख, संघीय राजश्वबाट १० करोड सात लाख, आन्तरिक आय तथा स्थानीय राजश्वबाट आठ करोड पाँच लाख ६५ हजार, प्रदेश सरकारबाट चार करोड २१ लाख ५५ हजार, संघीय समपूरक विशेष अनुदान तथा अन्यबाट ३ करोड २९ लाख रहने प्रक्षेपण गरिएको छ ।
नगरप्रमुख गुमानसिंह अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षमा भएको प्रगति प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको थियो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/