लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङ । नेकपा एमाले लमजुङले स्थानीय निर्वाचनमा निर्वाचित पूर्व जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई सम्मान गरेको छ ।

३२ औं मदन आश्रित दिवसका दिन शनिवार सदरमुकाम बेसीसहरमा आयोजित नेकपा एमालेको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकको अबसरमा पूर्व जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई सम्मान गरिएको हो ।

२०४३ सालका जनपक्षिय उम्मेदवार, २०४९ र २०५४ को स्थानीय निर्वाचिनमा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष र अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वारहरुलाई सम्मान गरिएको हो । सो बेला निर्वाचित र उम्मेदवार बनेर पराजित हुनुभएका करिब दुईसय जनालाई सम्मान गरिएको नेकपा एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेकपा एमालेका उपमहासचिव एवं संञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा एमालेका केन्द्रीय सदस्य तथा लमजुङ इन्चार्ज जमीन्द्रमान घले र जिल्ला अध्यक्ष राजकुमार विष्टले संयुक्त रुपमा सम्मानपत्र, खादा र टिका लगाएर सम्मान गर्नुभएको हो ।

पूर्व जनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादउन्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान पु¥याएको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ इञ्चार्ज जमीन्द्रमान घलेले बताउनुभयो ।

विगतमा गरेको योगदानको पार्टीले सम्झेर सम्मान गरेकोमा पूर्व जनप्रतिनिधिहरु खुसी भएका थिए । हाल दोर्दी गाउँपालिका– ७ घर भई तत्कालिन फलेनी गाउँ विकास समितीमा २०४९ सालमा उपाध्यक्षमा निर्वाचित टकबहादुर गुरुङले पार्टीले सम्झेर सम्मान गरेकोमा धेरै खुसी लागेको बताउनुभयो । गुरुङले जस्तै धेरै सम्मानित व्यक्तिहरुले सम्मान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

२०४९ र २०५४ मा दुई पटक साविक उत्तरकन्य गाविसको अध्यक्षमा निर्वाचित तथा हालको क्व्होँलासोथार गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका प्रेम घलेले जनप्रतिनिधिलाई सम्झेर सम्मान गरेकोमा पार्टीको राम्रो कामको थालनी गरेको बताउनुभयो । सो अबसरमा निर्वाचित तथा उम्मेदवार मात्र बनेर निधन भएकाहरुलाई पनि मरोणोपान्त समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, नेकपा एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडी लगायत प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, सदस्य र प्रतिनिधि परिषदका प्रतिनिधिहरुको सहभागिता थियो ।

 

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist