रहिमुल्लाह हक्कानी : नक्कली खुट्टामा लुकाइएको बममार्फत् अफगान धर्मगुरुको हत्या

अफगानिस्तानमा महिला शिक्षाका वकालत गर्ने प्रख्यात धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको काबुलमा भएको आत्मघाती हमलामा मृत्यु भएको छ ।

तालिवान स्रोतहरूले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार आक्रमण त्यस्ता व्यक्तिले गरेका थिए जसको एउटा खुट्टा थिएन र उनले प्लास्टिकले बनेको आफ्नो कृत्रिम खुट्टामा बिस्फोटक लुकाएका थिए ।

तालिबान सरकारको आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले रोयटर्सलाई भने, ‘शेख रहिमुल्लाह हक्कानीको व्यक्तिगत कार्यालयजस्तो महत्वपूर्ण स्थानमा उनलाई कसले ल्याए, ती व्यक्तिबारे पत्ता लगाउने कोसिस गर्दैछौँ । यो अफगानिस्तानका लागि अपूरणीय क्षती हो ।’

इस्लामिक स्टेटले यस आत्मघाती हमलाको जिम्मेवारी लिएको छ । इस्लामिक स्टेटले रहिमुल्लाहमाथि यसअघि पनि आक्रमण गरिसकेको छ ।

स्थानीय रिपोर्टका अनुसार अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा मदरसा भित्र आक्रमण भएको हो ।

शेख हक्कानी अफगानिस्तानमा तालिबान सरकारका समर्थक थिए र उनलाई इस्लामिक स्टेट इन खोरासान -आईएस(के) का कट्टर विरोधी मानिन्थ्यो ।

आईएस–के,  अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेटको एउटा शाखा हो । यो समूहले तालिबान शासनको विरोध गर्दछ ।

अघिल्लो वर्ष अगस्ट १५ मा तालिबानका लडाकुहरू देशको राजधानी काबुलमा प्रवेश गरेका थिए । त्यसयता यसलाई अफगानिस्तानको सबैभन्दा ठूलो व्यक्तिको हत्या भनिएको छ ।

तालिबानका एक वरिष्ठ अधिकारीले रोयटर्सलाई भने, ‘यो अफगानिस्तानको इस्लामिक इमिरेट्सका लागि ठूलो प्रहार हो । हामी आक्रमणको पछाडि को को व्यक्ति समावेश छन् भनेर अनुसन्धान गरिरहेका छौँ ।’

एउटै जस्तो नाम भए पनि, शेख हक्कानीको अफगान राजनीतिमा महत्वपूर्ण ‘हक्कानी मिलिटेन्ट समूहसँग’ कुनै सम्बन्ध थिएन ।

महिला शिक्षा र तालिबान शेख हक्कानीले अफगानिस्तानमा महिला शिक्षाको पक्षमा फतवा जारी गरिसकेका छन् ।

यसै वर्ष बीबीसी संवाददाता सिकन्दर किरमानीसँगको कुराकानीमा उनले अफगान महिला र बालिकालाई अध्ययन गर्ने अधिकार रहेको बताए ।

उनले भनेका थिए, ‘शरियतले महिला र केटीहरूलाई पढ्न अनुमति नदिने कुनै कुरा उल्लेख छैन । यो कुनै पनि हालतमा न्यायसंगत छैन । सबै धार्मिक पुस्तकहरूले महिला शिक्षालाई अनुमति दिन र अनिवार्य भनेको छ किनभने अफगानिस्तान र पाकिस्तान जस्ता देशहरूमा महिला बिरामी भएको खण्डमा महिलाले नै उपचार गरेको राम्रो हुन्छ ।’

अफगानिस्तानका केही प्रान्तहरूमा महिलालाई पढ्न अनुमति दिइएको छ । देशका अन्य भागमा अहिले किशोरी तथा बालबालिका पढाउने विद्यालय बन्द छन् ।

अफगानिस्तानमा, तालिबानले महिलाका लागि हाई स्कूल खोल्ने वाचा गरे पनि पछि हटेको छ । तालिबान प्रशासनले महिलाका लागि पोशाक अझै निर्णय नभएको बताएको थियो । यसै कारण पनि विद्यालयहरु खुलेका छैनन् ।

अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानमा नियन्त्रण लिएपछि देशभरका विद्यालयहरू बन्द गरिएका थिए । यी विद्यालयहरू अब खोल्ने तयारीमा थिए तर अहिलेसम्म कुनै निर्णय भएको छैन ।

शेख हक्कानीमाथि यसअघि पनि दुई पटक हमला भइसकेको छ । पछिल्लो आक्रमण २०२० मा भएको थियो । त्यतिबेला पनि इस्लामिक स्टेटले पाकिस्तानको पेशावर सहरमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो ।

शेख हक्कानी उक्त हमलामा बाँच्न सफल भएका थिए तर अन्य सात जना मारिएका थिए ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist