लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ ।
रोटेपिङ खेल्न र टिकटक बनाउन विभिन्न गाउँठाउँबाट मानिसहरु आएपछि गाउँको पर्यटनमा सहयोग पुगेको स्थानीयले बताएका छन् । मध्यनेपाल–१०, हाँडीखोला बर्धान गाउँमा स्थनीयले चन्दा उठाएर २४ पिर्के र आठ पिर्केको रोटेपिङ बनाएका छन् । पिङ बनाउन दुई लाख लागेको स्थानीयले बताएका छन् ।
“आजभोली गाउँघरमा पिङ थाप्नै छोएिको छ । त्यसमाथीपनि काठको २४ पिर्के पिङ त कतैपनि राखिएको छैन”, हाँडीखोला बर्धानगाउँका काजी दुराले भन्नुभयो, “पिङ खेल्न र हेर्न टाढाटाढाबाट पनि आइरहनुभएको छ ।” पिङले संस्कृतिको संरक्षणसँगै पर्यटन पवद्र्धनमा समेत टेवा पुगेकोमा स्थानीय खुसी भएका छन् ।
बर्धान गाउँमा पर्यटक आकर्षण गर्न र दुरा संस्कृति संरक्षणका लागि संग्रहालय समेत निर्माण गरिएको छ । घुमाउने घरमा राखिएको संग्राहलय हेर्नसमेत पर्यटकहरु आउने गरेका छन् । मध्यनेपाल नगरपालिकासहित सुन्दरवजार, कास्की र तनहुँका छिमेकी गाउँहरुबाट समेत युवायुवतीहरु पिङ खेल्नका लागि हाँडीखोला पुग्ने गरेका छन् । पिङ खेल्न २५÷३० जनाको टोली बनाएर आउने गरेको स्थानीयले बताएका छन् ।
कम संख्यामा रहेको दुरा समुदायले आफ्नो कला संस्कृति संरक्षणका संगै पर्यटक आकर्षण गर्न विभिन्न गतिविधीहरु पनि सञ्चालन गर्दै आएका छन् । पर्यटक राख्नका लागि गाउँमा होमस्टेसमेत सञ्चालनमा ल्याइएको छ ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















