लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान सञ्चालन गरेको छ ।

स्वतन्त्रता, जनचेतना र भ्रष्टाचारविरुद्धको सन्देश फैलाउने उद्देश्यसहित युवाहरुले ‘स्वतन्त्र नागरिक जागरण अभियान’ सञ्चालन गरेका हुन । अभियान अन्र्तगत शनिबार र आइतबार जिल्लाका आठवटै पालिकामा जागरण अभियान सञ्चालन गरिएको अभियानकर्ता राजन परियारले जानकारी दिनुभयो । अभियानलाई आगामी दिनमा विभिन्न स्थानमा सञ्चालन गर्दै जाने उहाँले बताउनुभयो ।

अभियानको पहिलो दिन शनिबार सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकामा भ्रष्ट्राचार विरुद्ध नागरिकहरुसँग संवाद तथा जागरणसभा सञ्चालन गरिएको थियो । आइतबार मध्यनेपाल नगरपालिका, बेंसीसहर नगरपालिका, क्व्होलासोँथार गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकामा नागरिकसँग प्रत्यक्ष संवाद गरिएको थियो ।

अभियानको संयोजन ‘लमजुङ सेवा शक्ति’ नामक युवाहरूको समूहले गरेको गरिरहेको छ । स्थानीय तहदेखि केन्द्रसम्म मौलाएको भ्रष्टाचारप्रति खबरदारी गर्दै आम नागरिकलाई सचेत बनाउन अभियानले भूमिका खेलेको अभियानका संयोजक हरि पौडेलले बताउनुभयो ।

जेनजी आन्दोलनपछि स्वतन्त्र युवाहरुको अभियान सञ्चालन गर्न जापानमा रहनुभएका बेंसीसहर उदिपुरका अंशुल लोहनीलायतका युवाहरुले सामाजिक सञ्जालमा जागरण अभियान चलाउनुभएको थियो । लमजुङ सेवा शक्तिमा आवद्ध युवाहरुले दशैंका बेला लमजुङ तनहुँ सिमा क्षेत्र पाउँदी बजारमा यात्रुहरुलाई सहायताको काम पनि गरेका थिए ।

‘लमजुङ सेवा शक्ति’ ले यो अभियानलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने जनाएको छ । जिल्लाको समग्र विकासका लागि नयाँ, स्वतन्त्र र उत्तरदायी नेतृत्वको खोजी अभियान पनि जारी राख्ने अभियानकर्ताहरुले बताएका छन् ।

अभियाननले लमजुङको राजनीतिमा नवीन सोच र युवाको संलग्नतालाई बढाउने र भ्रष्टाचारविरुद्ध नागरिकहरुमा जागरण ल्याउने अभियानका संयोजक पौडेलले बताउनुभयो ।

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist