लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ ।

यहाँ सञ्चालित मस्र्याङ्दी, दोर्दी, ङादी, मिदिम, खुदी, छ्याङ्दी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेपछि पूर्ण क्षमता विद्याुत उत्पादन भैरहको आयोजनाहरुले जनाएका छन् । नदी तथा खोला घटेपछि गत मङ्सिरदेखि विद्युत उत्पादन घटेको थियो ।

लमजुङमा रहेको सबैभन्दा ठूलो ७० मेगावाट क्षमताको मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरेको छ । यस आयोजनाबाट मङ्सिरयता २४ मेगावाट मात्र विद्युत उत्पादन हुँदै आएको थियो । यतिबेला भने मस्र्याङ्दी नदीमा पर्याप्त पानी भएकाले ७० मेगावाट नै बिजुली उत्पादन भइरहेको मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको हिउँदमा २५ मेगावाट मात्र उत्पादन भएकामा अहिले पूर्ण क्षमतामा उत्पादन भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो । त्यसैगरी, दोर्दी कोरिडोरमा रहेको पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरेको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन बढेको छ । हिउँमा बिजुली उत्पादन घटेर १३÷१४ मेगावाट मात्र बिजुली उत्पादन भएकामा हाल पूर्ण रूपमा बिजुली उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

त्यसैगरी, ३० मेगावाटको ङादी जलविद्युत् आयोजना, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, लिबर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको छ ।

ठूला आयोजनाजस्तै साना आयोजनामा पनि विद्युत् उत्पादन बढ्न थालेको छ । पाँच मेगावाटको सिउरी जलविद्युत् आयोजना, चार दशमलव चार मेगावाटको राँधी जलविद्युत् आयोजना, चार मेगावाटको खुदी जलविद्युत् आयोजना, तीन मेगावाटको मिदिमखोला (करापु) जलविद्युत् आयोजना, दुई मेगावाटको छ्याङ्दीखोला जलविद्युत् आयोजना, एक सय ८३ किलोवाटको स्याँगे लघु जलविद्युत् आयोजनामा पनि विद्युत उत्पादन बढेको आयोजनाहरुले जानकारी दिएका छन् । जिल्लामा उत्पादित विभिन्न आयोजनाबाट तीनसय मेगावाट बिजुली उत्पादन भएको बताइएको छ ।

लोकदृश्य संवाददाता
+ posts

ताजा खबर

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist