लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । २०७३ पुस २६ गते लमजुङ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र हालका दिनसम्म उक्त कार्यलाई निरन्तरता दिई पूर्ण खोप सुनिश्चित गरी दिगोपना कायम राख्ने कुरामा सम्पूर्ण सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका सम्पूर्ण बालवालिकाले खोपको मात्रा पूरा गरेसँगै मङ्गलबार एक समारोहका बिच लमजुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप जिल्ला हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो ।

स्वास्थ्य मन्त्री पाठकले खोप कार्यक्रम तीनै तहको सरकारको प्राथामिकताको विषय रहेको बताउनुभयो । खोपको माध्यमबाट बाल मृत्युदर न्यूनीकरण गर्न बालबालिकालाई सुरक्षित बनाउन सकिने हुदाँ पूर्ण खोप घोषणा मात्रै नभई यसको दिगोपनाका लागि सवैको सहकार्य र समवन्य हुनुपर्ने वताउनुभयो । प्रदेश सरकारले स्वास्थ्यलाई प्रथामिकतामा राखेर काम गरिएको भन्दै उहाँले आफू स्वास्थ्य मन्त्री भएपछि नीतिगत, कानुनी र सस्थांगत सुधारको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गर्नुभयो ।

जिल्ला पूर्ण खोप समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य सचिव प्रदेश जनस्वस्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण खनालले खोप प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्लाका ८ स्थानीय तहका प्रत्येक वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका एक हजार सात सय ४६ जना बालबालिकाहरुले नियमित खोप कार्यक्रम अनुसार नै खोप पाइरहका छन् भने १६ महिनादेखि २३ महिनासम्मका सबै एक हजार ८९ जना बालबालिकाले पाउनुपर्ने सबै खोप तथा पूर्ण खोप पाएकोे सुनिश्चित भएको हो । जिल्लामा खोप पाउनबाट कोही पनि बालवालिका नछुटेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख खनालले बताउनुभयो ।

लमजुङलाई यसअघि २०७३ पुस २६ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । पूर्ण खोप सुनिश्चितता र दिगोपनाको रणनीति अनुरुप खोज र खोप कार्यक्रमअन्तर्गत वर्षमा एक पटक घरधुरी सर्वेक्षण गर्ने प्रावधान छ । सोहि अनुसार चालु आर्थिक वर्षको पूर्णखोप सुनिश्चितता प्रमाणिकरण गरी पालिका स्तरमा घोषणा भएसँगै सिङ्गो जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरीएको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बुना कुमारी रिमाल, बेसीशहर नगरपालिका प्रमुख गुमान सिहं अर्याल, राइनास नगरपालिका प्रमुख खड्गवहादुर गुरुङ, मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दोर्दीका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोथार गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङ, दुधपोखरी गाउँपालिका धनप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, जिल्ला समन्वय अधिकारी रोशन अर्याल, प्रदेश अस्पताल लमजुङका अध्यक्ष हरिजंग तामाङ, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख एवम् स्वास्थ्य चौकी इन्चार्ज तथा स्वास्थ्यकर्मीहरु र स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति थियो ।

सहभागिहरुले अगामी दिनमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धताका साथ हस्तक्षर गर्नुभएको थियो ।

+ posts

ताजा खबर

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist