लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने भएको छ ।
गाउँपालिकाको अठारौँ गाउँसभाबाट आर्थिक वर्ष २०८२/०८३ देखि सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिनुभयो । सेवा सुविधा कम भएर आन्दोलनरत भइरहेका बेला उहाँहरुको मनोबल बढाउन सामाजिक सुरक्षा कोषमा समावेश गर्ने निर्णय गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
क्व्होलासोँथार गाउँपालिकामा नौ जना विद्यालय कर्मचारी (लेखापाल), २२ जना बाल विकास सहजकर्ता र २९ जना कार्यालय सहयोगी रहेका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार रोजगारदाताले श्रमिकका आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोषवापत र श्रमिकले सञ्चयकोषवापत १० प्रतिशत योगदानको रकम कोषमा जम्मा गरी सामाजिक सुरक्षा योजना सञ्चालन गरिनेछ । यसका लागि थप कार्यविधि बनाएर अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत वाग्ले बताउनुभयो ।
कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नुहुनेछ । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिलबमोजिमको खर्च प्राप्त गर्नेछन् ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/