राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

लमजुङ । लमजुङको राइनास नगरपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । नगरपालिका स्थापना भएको ९ वर्षपछि राइनासले आफ्नै भवनबाट प्रशासकीय काम थालेको हो । भवन निर्माणको सम्झौताअनुरूप तीन वर्षमा सक्नुपर्ने भएपनि सात वर्षमा मात्र सम्पन्न भएपछि पालिकाले आफ्नै भवन प्रयोग गर्न पाएको हो ।

पालिकाले असारको दोस्रो हप्तादेखि आफ्नै भवनबाट सेवा दिन थालेको हो । नगरप्रमूख खड्कबहादुर गुरुङले नागरिकको सेवा प्रवाहमा सहजता र अन्य व्यवस्थापनका लागि भवन अति नै महत्वपुर्ण रहेको बतानउनुभयो । स्थानीय तहबाट प्रवाह हुने सेवाहरुलाई सहज बनाउन, विषयगत शाखा व्यवस्थापन तथा स्थायी सुरक्षाको लागि पनि भवन तथा संरचना अति अवश्यक रहेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७५÷७६ बाट शुरु भएको सो प्रशासकिय भवन निर्माण व्यवसायीको लापरबाहिले सात वर्ष लागेको थियो । सात करोड ३३ लाख २४ हजार तीनसय १७ रुपैया ३५ पैसा कुल लागत अनुमान गरीएकोमा कञ्चनजंगा निर्माण सेवाले चार करोड ६३ लाख ११ हजार तीनसय ५४ रुपैयामा सम्झौता गरेको थियो ।

तीन वर्षमा निर्माण सक्नेगरि २०७६ भदौ १८ गते सम्झौता भएपनि काम अन्तिम चरणमा पुगेर लामो समय काम रोकिएपछि नगरपालिका आँफैले थप लगानी गरी बाह्य संरचना निर्माण एवं अन्य व्यवस्थापकिय कामहरु गरेर भवन निर्माणको काम सम्पन्न गरेको थियो ।

+ posts

ताजा खबर

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist