लमजुङमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

 

लमजुङ । लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । बिहीबारदेखि वडा तह बाटै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।

लमजुङमा तयार भएर आएका राष्ट्रिय परिचयपत्र कार्ड पहिलो चरणमा बेसीशहर, सुन्दरबजार र राइनास नगरपालिकाको वडा तहमा पुगेर वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो । आठ वटा स्थानीय तहमध्ये बाँकी पालिकामा क्रमशः परिचय पत्र वितरण गरिने उहाँले बताउनुभयो ।

यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवम् सरोकारवालासँगको अन्तरक्रियाले वडामै पुगेर राष्ट्रिय परिचय पत्र वितरण गर्ने निर्णय गरिएको थियो । लमजुङमा ३८ हजार जनाको कार्ड छपाइ भएकोमा १२ हजार २६१ जनालाई वितरण गरिसकिएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि वडा तहमै पुगेर विवरण सङ्कलन गरेर छापिएर आएका कार्डलाई पुनः वडा तहमै पुगेर वितरण गर्न लागिएको हो ।

राष्ट्रिय परिचयपत्र लिँदा पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर जानुपर्ने प्रशासनले जनाएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थानीय तहसँगको सहकार्यमा प्रााविधिकसहितको टोली प्रत्येक वडामा ७ दिन बस्ने र आवश्यकताअनुसार १५ दिनसम्म बस्न सक्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट विवरण सङ्कलन गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने बताइएको छ । यसरी वडामै पुगेर राष्ट्रिय परिचयपत्रको कार्ड वितरण अभियानमा विवरण सङ्कलन गराएका कुनै पनि नागरिक छुट्न नहुने भन्दै जिल्ला समन्वय समिति पूर्णबहादुर गुरुङले अभियानलाई विशेष महत्व दिएर स्थानीय तहले व्यापक रूपमा प्रचारप्रसार गर्न जरुरी रहेको बताउनुभयो ।

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist