चेपेनदी सडक पुलले लमजुङ–गोरखा सहज

 

लमजुङ । लमजुङ र गोरखा जोड्ने कुनाघाट स्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज बनाएको छ ।

पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने सो मोटरेवल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाका नागरिकलाई यातायात आवतजावतमा सहज भएको हो ।

पुल निर्माणका लागि २०७८ साल असार ९ गते काष्ठमण्डव कन्ट्रक्सन प्रालिले पुर्वाधार विकास कार्यालय लमजुङसँग सम्झौता गरेको थियो । कुल चार करोड ३७ लाखको लागतमा ४० मिटर लम्वाइको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख विवेक सिग्देलले जानकारी दिनुभयो ।

२०८१ साल जेठमा पुल निर्माण भएसँगै स्थानीयहरुलाई आवतजावतसँगै दैनिक उपभोग्य सामान ढुवानीमासमेत सहज भएको छ । कृषि उत्पादनलाई बजारसम्म ढुवानी गर्नपनि सहज हुने भन्दै स्थानीयहरु खुशी भएका छन् । दैनिक उपभोग्य सामान ढुवानीका लागी पनि स्थानीयहरुलाई पुलले सहज बनाइदिएको छ ।

स्थानीय गोविन्द न्यौपानेले पुल निर्माणले दुबै जिल्लालाई विकासले जोडेको बताउनुभयो । “लमजुङको दुधपोखरी र गोरखाको अजिरकोट दुर्गम र बिकट क्षेत्र नै हो, यी दुई पालिकालाई पल निर्माणले विकाससँग जोडेको छ”, न्यौपानेले भन्नुभयो, “सडकसँगै विद्युत लगाएतका पुर्वाधार पनि सँगै लैजान प्रदेश सरकारले सहयोग गर्नुपर्छ ।”

मोटरेवल पुलसँगै अब यस क्षेत्रको सडकको उचित स्तरोन्नती गर्न प्रदेश सरकारले आगामी बजेटमा योजना समेट्ने समेट्नुपर्ने स्थानीयले माग राखेका छन् ।

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist