किसानका उत्पादन बजारीकरण गर्न ‘कृषि एम्बुलेन्स’

लमजुङ । बेसीशहर नगरपालिका–२ टारगाउँका वीरबहादुर विकले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नकै लागि भनेर उहाँकोसम्म व्यापारी पुग्दैनन् ।

उत्पादित तरकारी बिक्री गर्न उहाँलाई तीन किलोमिटर टाढा बेसीसहर बजारमा पुग्नुपथ्र्यो भने उत्पादित तरकारीले उचित मूल्यसमेत पाउन मुस्किल थियो ।

बेसीसहर–१० बाँझाखेतका किसान केशबहादुर गुरुङको पीडा पनि विकको जस्तै छ । आफ्नो बारीमा उत्पादन गरेको घिरौला, काक्रा, लौका, सिमी, बोडी र गोलभेँडा बिक्रीका लागि उहाँ पनि पाँच किलोमिटरको दूरी पार गर्दै बेसीसहर बजार आइपुग्नपर्छ ।

तर अहिले बेसीसहर नगरपालिकाले उत्पादित तरकारी विक्रीका लागि किसान घर र ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएपछि उत्पादित तरकारी बिक्री गर्न किसानहरुलाई सहज भएको छ ।

नगरपालिका भित्रका किसानले उत्पादन गरेका तरकारी, फलफल तथा अन्य उत्पादन बजारसम्म ल्याउनका लागि नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । नगरपालिकाले एकता कृषि सहकारी संस्थालाई कृषि एम्बुलेन्स सञ्चालनको जिम्मेवारी दिएको छ ।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरेलाई कृषि एम्बुलेन्सको चावि हस्तान्तरण गरी सञ्चालनको जिम्मेवारी दिनुभयो । स्वामित्व नगरपालिकामै रहनेगरी आगामी असार मसान्तसम्म संचालन तथा व्यबस्थान एकता कृषि सहकारी संस्थाले गर्ने सम्झौता भएको बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले बताउनुभयो ।

व्यवसायी युवाहरुले गठन गरेको एकता कृषि सहकारी संस्थाले केही समयअघि बेसीशहर–८ ठाडो लाइनमा ‘किसान घर’ सञ्चालनमा ल्याएको छ । किसानले स्थानीय क्षेत्रमा गरेको उत्पादन खासगरी तरकारीलाई उचित मूल्यमा बिक्री गर्न र उपभोक्तालाई पनि सस्तो मूल्यमा खरिद गर्न सहज होस् भन्ने उद्देश्यले किसान घर सञ्चालन गरिएको हो ।

कृषि एम्बुलेन्स भएपछि किसानका उत्पादन बजारमा ल्याउन सहज हुने र तालिका बनाएर गाउँगाउँबाट किसानका उत्पादन संकलन गरिने एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरले बताउनुभयो । किसानका उत्पादन उपभोक्ताको भान्सासम्म पु¥याउन बजारका चोक–चोकमा कृषि एम्वुलेन्स मार्फत तरकारी बेच्ने उहाँले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist