मर्स्याङ्दी र दोर्दीमा ब्यवसायिक अकबरे खेती अभियान

लमजुङ । लमजुङको मस्र्याङ्दी र दोर्दी गाउँपालिकामा ब्यवसायिक अकबरे खुर्सानी खेती अभियान सुरु गरिएको छ । दुई पालिकामा गरेर एकहजार रोपनी भन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिदैं छ ।

दोर्दी गाउँपालिकाले अकबरे खुर्सानी खेतीका लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेर व्यवसायीक खेती गर्ने कृषकका लागि ५० प्रतिशत अनुदान दिएको छ । कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढिकरण कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । गतवर्ष दोर्दी गाउँपालिका–४ कामचोक, बाँसबोट र कुखुरेढुङ्गा गाउँमा अकबरे खुर्सानी गरिएको थियो । गतवर्ष सफल भएपछि यसवर्ष क्षेत्रफल विस्तार गर्न लागिएको अधिकारीले बताउनुभयो ।

गतवर्ष १५ रोपनी क्षेत्रफलमा गरिएको अकबरे खुर्सानी खेतिबाट १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको दोर्दी साना किसान सहकारी संस्थाका अध्यक्ष सुकबहादुर गुरुङले बताउनुभयो । गाउँपालिकाले गत वर्ष विउ र मल्चिङ प्लाष्टिक खरिदका लागि दोर्दीे साना किसान सहकारीलाई ४० हजार रुपैयाँ अनुदान दिएको थियो ।

परिक्षणको रुपमा पहिलो पटक व्यवसायिक अकबरे खुर्सानी खेती सुरु गरेका दोर्दीका किसान यसपटक निकै उत्साहित बनेका छन् । उनिहरुले उत्पादन गरेको खुर्सानीले सहज रुपमा बजार पाएपछि उनिहरु झनै हौसिएका हुन् । गाउँपालिकाले यस वर्ष एउटा वडामा कम्तिमा पनि एकसय रोपनी क्षेत्रफलमा व्यवसायिक अकबरे खुर्सानी खेती गर्ने योजना बनाएको छ ।

मस्र्याङ्दी गाउँपालिकाले यसवर्षबाट अकबरेको ब्यवसायिक खेती अभियान सुरु गरेको हो । पालिकाका नौ वटै वडामा खेती गर्नका लागि किसान छनौट गरि तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले बताउनुभयो । छनौट भएका किसानले कम्तिमा एक रोपनी र बढीमा जति क्षेत्रफलमा पनि अकबरे लगाउनेछन् ।

अकबरेको ब्यवसायिक खेतीका लागि गाउँपालिकाले दश लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले दश लाख रुपियाँ बजेट विनियोजन गरेका छन् । इलामबाट स्थानीय रैथाने जातको विउ ल्याएर विरुवा उत्पादन गरिएको कृषि शाखा प्रमुख विनोद दाहालले बताउनुभयो ।

उत्पादन भएको खुर्सानीको बजार सुनिश्चितता समेत गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । बजारीकरणका लागि पालिकामै मासिक हाटबजारको ब्यवस्थासँगै जनता एग्रो कम्पनीसँग विक्रीको सम्झौता भएको उहाँले बताउनुयो ।

अकबरेको ब्यवसायिक खेतीका लागि दुवै पालिकाका किसानहरु जग्गामा मलखाद तथा खनजोत गरि विरुवा रोप्ने तयारीमा जुटेका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

लमजुङ । वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले...

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist