“जनताका आवश्यकताप्रति सरकार संवेदनशील छ” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहको बताउनुभएको छ । जनताका समस्या समाधानमा सरकार लागिपरेको उहाँले बताउनुभयो ।

नेकपा (एमाले) लमजुङद्वारा शुक्रबार बेसीसहरमा आयोजित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको भेलालाई संबोधन गर्दै मन्त्री गुरुङले जनताप्रति संवेदनशील भएरै सरकारले उखु किसान, दुग्ध किसानका भुक्तानीमा तदरुकता दिएको बताउनुभयो । उहाँले सहकारीपीडित र मिटरब्याजीको समस्या समाधानमा सरकार लागिपरेको उहाँले बताउनुभयो ।

उहाँले स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील भएर काम गर्नुपर्ने सुझाव दिनुभयो । “सरकार जहिले पनि सुशासन कायम गर्नतर्फ, पारदर्शिता, राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “स्थानीय सरकारहरु यही गतिलाई आत्मसाथ गरेर अघि बढ्नुपर्छ ।” उहाँले स्थानीय सरकारले संविधानले दिएको अधिकारलाई प्रयोग गर्नतर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।

“संविधानले संघ, प्रदेश र स्थानीय सरकारका एकाल अधिकार र साझा अधिकारबारे स्पष्ट रुपमा तोकेको छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिहरुले अनिवार्य रुपमा संविधान, ऐन, कानुन र नियमावलीहरु अध्ययन गर्नुपर्छ र आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ ।” उहाँले स्थानीय सरकार स्थायी सरकार पनि भएकाले प्रभावकारी र परिणममुखी काम गर्नतर्फ अग्रसर हुनुपर्ने सुझाव दिनुभयो ।

सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन दीर्घकालीन योजना निर्माण गरी त्यसअनुरुप बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय सरकारले गरेका राम्रा कामका प्रचार गर्न नसक्दा जनताप्रति निराशा छाएको उहाँले बताउनुभयो ।

भेलामा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज जमीन्द्रमान घलेले स्थानीय सरकारहरूले अहिलेसम्म गरेका कामहरुको मध्यावधि समीक्षा गर्दै योजना निर्माणमा लाग्न सुझाव दिनुभयो । केन्द्रीय अनुशासन विभागका सदस्य मायानाथ अधिकारीले स्थानीय ससरकारले जनतालाई उत्पादन र रोजगारसँग जोड्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो । गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले निर्वाचित हुनुभन्दा पहिलेको पालिकाको अवस्था र पछिको अवस्थाबारे जनप्रतिनिधिले ख्याल गरेर काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफू निर्वाचित भएपछि के कस्ता राम्रा काम भए भन्ने सूची तयार गरेर बाँकी काम सम्पन्न गर्न योजनाबद्ध रुपमा अघि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपाकिलाका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर गुरुङ, सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी अधिकारी र मध्यनेपाल नगरपालिकाकाको उपप्रुमुख सीता गुरुङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

लमजुङ । वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले...

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist