बालिका अपहरण गर्ने तीन भारतीय कारागार चलान

लमजुङ । लमजुङ सदरमकुकाम बेसीसहरबाट १३ बर्षीय बालिका अपहरण गरेको घट्नामा संलग्न रहेको आरोपमा ३ जना भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनीहरुलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा भारत मोतिहारीका ४० बर्षीय बिगु खान र उनकी श्रीमती नार्गिक खान रहेका छन् । उनका १७ बर्षीय नाबालक छोरालाई भने, बाल सुधारगृह पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिनुभयो ।

उनीहरुलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्धामा थुनामा राखेर पुर्पक्ष गर्न जिल्ला अदालत लमजुङका न्यायाधीस कृष्णप्रसाद पौडेलको इजलासबाट कारागार चलानको आदेश भएको अदालतका श्रेष्तेदार भेषराज पौडेलले जानकारी दिनुभयो ।

प्रहरीलाई खान परिवारले बेसीशहर नगरपालिका–७, बस्ने १३ वार्षीय कुमारी (नाम परिवर्तन) लाई गत मङ्सिर २४ गते अपहरण गरि भरततर्फ लग्दै गरेको भन्ने सूचना आएको थियो । सोही सूचनाकोे आधारमा लमजुङ प्रहरीले अनुसन्धान गरि उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले किशोरीलाई नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो । “अपहरण भएको भन्ने खबर पाउनासाथ सुश्म ढंगले अनुसन्धान बढाएका थियौं”, उहाँले भन्नुभयो, “खान परिवारलाई पुस १५ गते पक्राउ गर्न सफल भयौं र कारबाही अगाडी बढायौं ।”

खान परिवार सदरमुकाम बेसीशहर नगरपालिका–७ को सहजीमा सिरक–डसना बनाउने काम गर्दै बस्दै आएका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist