लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकामा भएकोे निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविरमा १ सय ३ जना बिरामीको शल्यक्रिया गरिएको छ ।
तीन दिनसम्म सञ्चालन भएको आँखा जाँच शिविरमा ९ सय ५ जनाले सेवा लिएकोमा १ सय ३ जना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको हो । आँखामा विभिन्न समस्या देखिएका २ सय ३७ जना बिरामीलाई चस्मा वितरण गरिएको मस्र्याङ्दी स्वास्थ्य शाखा प्रमुख लुल घलेले जानकारी दिनुभयो ।
मस्र्याङ्दी गाउँपालिका–७ ङादीस्थित भुलभुले स्वास्थ्य चौकीमा आयोजित शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका विशेषज्ञ डाक्टरसहित प्राविधिक टिमले सेवा दिएका थिए । शिविरलाई मुटु फाउन्डेसन काठमाडौं र मनोज एसोसिएसन फ्रान्सले आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो ।
शिविरमा नेत्ररोग विशेषज्ञ डा. प्रणव श्रेष्ठसहित ८ जना सम्मिलित प्राविधिक टोलीले सेवा दिएका थिए । शल्यक्रिया गरिएका बिरामीहरुको पुनः परीक्षण माघ २५ गते शिविर आयोजना गरिएको स्थलमै हुने वडा नं. ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर भएका, आँखाको समस्या भएर पनि उपचारका लागि जिल्ला बाहिर जान नसकेका, असाहय नागरिकहरु शिविरबाट लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















