बेसीसहर खानेपानी : उपाध्यक्ष र एक सदस्य बाहेक सबै पदमा प्रगतिशील समुहका उमेदवार विजयी



लमजुङ । स्थानीय मिनि चुनावकाे रूपमा हेरिएकाे बेंसीसहर खानेपानी तथा उपभोक्ता समितिमा एमाले–माओवादी केन्द्रसहितको प्रगतिशील समूहका उम्मेदवार रामबहादुर गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।
क्व्होलासोथार गाउँपालिका ४, भुजुङ घर भइ हाल बेंसीसहर बस्दै आएका गुरूङ करिब ९ वर्षपछि भएको अधिवेशनमा कांग्रेस–राप्रपा समर्थित गठबन्धनलाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

बेंसीसहर खानेपानी तथा उपभोक्ता समितिको यसअघिको निर्वाचनमा कांग्रेस समर्थितको प्यानलै विजयी भएका थिए । यसपटकको चुनावमा सत्तापक्ष नेकपा एसले गुरुङ नेतृत्वको टीमलाई समर्थत गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित समूह भने छुट्टै चुनावमा उठेको थियो ।

आइतबार राती सकिएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित गुरुङले अध्यक्षका उम्मेदवार कांग्रेस–राप्रपा समर्थित लोकतान्त्रिक समूहका लोकेन्द्र गुरुङलाई ५८ मतले पराजित गरे । रामबहादुरले ७ सय ३७ मत प्राप्त गर्दा लोकेन्द्रले ६ सय ७७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार रास्वपाका विष्णु घिमिरेले ३ सय १० मत प्राप्त गर्न सफल भए । कूल ३ हजार १ सय ९७ मतदाता रहेकोमा १ हजार ८ सय १ मत खसेको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि रामबहादुर गुरुङले बेंसीसहरबासीलाई स्वच्छ खानेपानी खुवाउन आफू कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
उपाध्यक्षमा लोकतान्त्रिक समूहकी आशकुमारी गुरुङ निर्वाचित भईन् । उनले ७ सय ११ मत प्राप्त गर्दा निकटम प्रतिष्पर्धी प्रगतिशील समूहकी श्रद्धा पौडेल घिमिरेले ५ सय ९९ मत प्राप्त गरिन । रास्वपाकी सविता अधिकारी बरालले ३ सय ६९ मत पाईन ।

सचिवमा प्रगतिशीलका शम्भूलाल श्रेष्ठ ७ सय ३६ मतका साथ विजयी भए । लोकतान्त्रिक समूहबाट सचिवका उम्मेदवार चन्द्रकान्त पौडेलले ५ सय ७८ मत र रास्वपाका श्यामबहादुर अर्यालले ३ सय २४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा ७ सय ८ मतका साथ प्रगतिशील समूहका नन्दलाल श्रेष्ठ निर्वाचित भए । प्रतिद्धन्द्धि लोकतान्त्रिक समूहका भगवान पियाले ६ सय ४५ मत र रास्वपाका मिना खड्काले २ सय ८२ मत ल्याइन ।

महिला सदस्यमा प्रगतिशील समूहकी युक्मी गुरुङ र सविना रिमाल विजयी भए । दलित सदस्यमा प्रगतिशीलकै गोपाल परियार निर्वाचित भए । खुलातर्फ प्रगतिशीलका भिमसेन अधिकारी, राजन पौडेल, विनोद तामाङ र लोकतान्त्रिक समुहबाट राप्रपाका अजितबहादुर अधिकारी निर्वाचित भए । पदाधिकारीसहित ११ जनाको निर्वाचन भएकोमा लोकतान्त्रिक समूहका उपाध्यक्ष र १ जना सदस्यबाहेक सवैमा प्रगतिशील समूहका उम्मेदवार विजयी भएका छन् । विजयी प्रगतिशील समूहले आइतबार राती नै बेंसीसहरमा विजयी ¥याली गरेका छन् । 

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist