चैत १६ र १७ गते नेकपा एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन

लमजुङ । चैत १६ र १७ गते हुने नेकपा एमाले लमजुङको नवौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशन प्रचारप्रसार उपसमितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले जिल्ला कमिटी लमजुङको नवौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
    
कार्यक्रममा एमाले केन्द्रीय समिति सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमालले जिल्ला अध्यक्षका कार्यकाल तीन वर्ष रहने भए पनि संगठन सुदृढीकरणका लागि जिल्ला अधिवेशन गर्न लागिएको बताइन्।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले आन्तरिक संगठन सुदृढीकरण गर्दै पार्टीको जिल्ला, पालिका र वडाका अधिवेशनहरू गर्दै पार्टीलाई नयाँ स्वरूप र ऊर्जाका साथ अघि बढाउने अभियानमा लागेको बताए। जिल्ला अधिवेशनमा पाँच सय ३७ जना प्रतिनिधिले भाग लिनेछन्। आयोजक कमिटीअन्तर्गत जिल्ला कमिटीका एक सय सात, सल्लाहकार परिषदबाट १०, लेखा कमिटीबाट ६ र जनसंगठनबाट ४५ जना प्रतिनिधि छनाेट भएका अध्यक्ष अधिकारीले बताए।

भूगोलअन्तर्गत बेँसीसहर नगरपालिकाबाट ७७, सुन्दरबजार नगरपालिकाबाट ५३, मर्स्याङ्दी गाउँपालिकाबाट ४८, राइनास नगरपालिकाबाट ४७ प्रतिनिधि छनोट भइसकेका छन्। यसैगरी, मध्यनेपाल नगरपालिकाबाट ४५, क्व्हाेलासोंथर गाउँपालिकाबाट ३८, दोर्दी गाउँपालिकाबाट ४० र दुधपोखरी गाउँपालिकाबाट २१ जना प्रतिनिधि छनाेट भएर आएका छन्।

प्रतिनिधि छनाेट गर्दा संगठित सदस्य जतिसुकै भए पनि प्रत्येक वडाबाट एक महिला र दुई खुलासहित कम्तीमा तीनजना प्रतिनिधि चयन गरिएको छ।  
        
अधिवेशनको लोगो र जिंगल सार्वजनिक
जिल्ला अधिवेशनको लोगो र जिंगलसमेत सार्वजनिक गरिएको छ। जिल्ला अधिवेशन प्रचारप्रसार उपसमितिले बुधबार आयोजित पत्रकार सम्मेलनमा लोगो र जिंगल सार्वजनिक गरेको हो।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमाल, लमजुङ इन्चार्ज रामशरण बस्नेत, पालिका इन्चार्ज जमिन्द्रमान घले, प्रदेश सचिव धनञ्जय दवाडी, जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी र प्रचारप्रसार उपसमितिका संयोजक कृष्ण केसीले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन्। लोगोमा जिल्लाको ऐतिहासिक पृष्ठभूमि  र पर्यटनलाई जोड दिइएको छ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist