
लमजुङ । लमजुङको दोर्दी खोलामा १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको निर्माण कार्य सकिएपनि प्रशारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेको छैन् ।
आयोजनाको सबै काम सकिएर परिक्षण उत्पादन गरिएपनि प्रशारण लाइन नहुँदा ब्यवसायिक उत्पादन हुन नसकेको प्रवद्र्धक दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ । व्यवसायिक विद्युत उत्पादनका लागि प्रशारण लाईनको प्रतिक्षामा रहेको आयोजना प्रमुख उज्वल सिलवालले बताए ।
यसअघि २०७६ चैत्र महिनामा सक्ने भनिएको सो आयोजना दोर्दी खोलामा आएको बाढी र कोभिड १९ को प्रभाव सँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माण अवधि लम्विएको थियो । सो आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभीको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे ३ किलोमिटर लामो प्रसारण लाइन आयोजना आँफैले निर्माण गरीसकेको छ ।
विद्युत उत्पादनका लागि दोर्दी कोरीडोर अन्तर्गत १३२ केभी प्रशारण लाईन मार्फत किर्तीपुर सवस्टेशनमा जोडिएको छ । तर गतवर्षको बाढीका कारण प्रशारण लाईन पुनः निर्माण नहुँदा आयोजनाले विद्युत उत्पादन गर्न नपाएको हो । तत्कालका लागि मस्र्याङदी कोरीडोर अन्तर्गतको २२० केभी प्रशारण लाईन अन्तर्गत उदिपुर सवस्टेशनमा जोड्ने तयारी गरेपनि सो प्रशारण लाईन पनि निर्माण सम्पन्न नभएकोले आयोजनाले विद्युत उत्पादन गर्न नपाएको आयोजना प्रमुख सिलवालले जनाकारी दिए ।
दोर्डी–१ जलविद्युत आयोजना १२ मेगावाट उत्पादन क्षमताको रन अफ रिभर प्रविधिको जलविद्युत आयोजना हो । प्रचलित नियमावली अनुसार ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र लिएर प्राधिकरणसँग १२ मेगावाट विद्युत् खरिद सम्झौता गरेको छ । पीपीएमा सहमति अनुसार सुख्खा याममा ८ रुपैया ४० पैसा र हिउदमा चार रुपैया ८० पैसा खरिद मुल्य कायम भएको छ । पीपीए दर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ ।
२०७४ सालबाट शुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्चको अनुमान गरिएको छ । आयोजनामा सानिमा बैकको अगुवाईमा पाँचवटा बैंकले ऋण लगानी गरेका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















